एमाओवादीका दर्जन नेता विप्लवको पार्टीमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दोलखा- एमाओवादी जिल्ला कमिटीका एक दर्जन नेताहरु 'विप्लव' नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन्। सोमबार उनीहरुले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी एमाओवादी परित्याग गरेको घोषणा गरेका हुन्। परित्याग गर्नेमा एमाओवादी जिल्ला कमिटीका ९ सदस्य र ३ जना विद्यार्थी नेताहरु छन्।
विप्लव नेतृत्वको नेकपा माओवादी प्रवेश गर्नेहरुमा जिल्ला सचिवालय सदस्य एवम ६ नं इलाका इन्चार्ज प्रेम लामा, जिल्ला सचिवालय सदस्य प्रखर लामा, एमाओवादी सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष राजन धनुके, सचिवालय सदस्य एवम ५ नं इलाका इन्चार्ज अर्जुन योगी छन्।
त्यस्तै जिल्ला कमिटी सदस्यहरु छिरिङ लामा, गोपाल खरेल, नवराज अर्याल, जगतराज गणिका, जिल्ला कमिटि सदस्य एवम वाइसिएल राज्य समिति सदस्य डिबी लामा, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष रामकुमार खड्का, जिल्ला कमिटी सदस्य आशिष जोशी, र सुन्दर केसी छन्।
उनीहरुले एमाओवादीले १० वर्षे जनयुद्ध, सहिद परिवार र आम कार्यकर्ताको भावना बिर्सेको र वैद्य नेतृत्वको नेकपा-माओवादी क्रान्तिबाट अल्मलिएका कारण आफूहरु विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेको बताए।

###
0 comments
Write Down Your Responses