'ओभरटेक' गर्न खोज्दा मोटरसाइकल चालकको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चौतारा—चौतारा दोलालघाट सडकखण्डअन्तर्गत सिन्धुपाल्चोकको इर्खु–५ बाझबिसौनामा आज अपराह्न २ बजे मोटरसाइकल दुर्घटनामा पाङ्ताङ –४का २५ वर्षीय राजेन्द्र श्रेष्ठको मृत्यु भएको छ।

एउटै दिशातर्फ गइरहेको ट्रक उछिन्न खोज्दा बा२६प २५९० नंको मोटरसाइकल अनियन्त्रित भई चालक श्रेष्ठको सडकमा पल्टेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपक खड्काले बताए।

सो क्रममा बा१ख ५३१२ नंको ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z