जसले गुमाए स्कुटरमा ज्यान
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एघार वर्षदेखि लोकन्थलीमा काकाको घरमा बस्दै आएकी निशा बस्नेत डेरामा सरेको ९ दिन भएको थियो । भीमसेन गोलामा भाइबुहारीसँग बस्न थालेकी उनी सोमबार दिनभर आफूले काम गर्ने कमलपोखरी अवस्थित प्यारागन ट्राभल एजेन्सीमा थिइन् । साँझ साढे पाँच बजे भाइ सुरज बस्नेतले फोन गर्दा उनले आफूले आएर खाना बनाउने बताइन् । साढे सातमा फेरि फोन गरेर आफूले नान र मःमः लिएर आउने बताइन् ।
बानेश्वरबाट तीनकुने आएर नान र मःमः स्कुटरमा झुन्ड्याएर भीमसेन गोला जानका लागि शान्तिनगर गेटको बाटो छिर्न लाग्दा ८ बजेतिर २७ वर्षीय निशाको स्कुटरलाई ट्रकले ठक्कर दियो । ट्रकले स्कुटरसहित उनलाई करिब ५० मिटर लतारेर लग्यो । घाइटे निशालाई नजिकैको सिभिल अस्पताल पुर्याइयो । शरीरको तल्लो भाग क्षतविक्षत भएकी उनलाई सिभिलले टिचिङ हस्पिटल लैजान भन्यो ।

भनेको समयमा दिदी नआइपुगेपछि भाइले दिदीलाई फोन गरे । फोन उठेन । काटियो । त्यसको केहीबेरमै भाइलाई फोन आयो,दिदीको एक्सिडेन्ट भयाने,तुरुन्तै टिचिङ आउन । त्यसको केहीबेरमै अनलाईन पोर्टल र सामाजिक सञ्जालमा दुर्घटनाको समाचार फैलियो ।
दुर्घटनाको खबर पाउनासाथ टिचिङको इमरजेन्सीमा काकी हेनु बस्नेत पुग्दा निशा होसमा थिइन् । ११ वर्ष सँगै बसेकी काकीलाई देखेपछि उनी उठ्न खोजिन् । जम्मा एक वाक्य बोलिन्,‘अन्टी मलाई मार्यो नि । हेनुलाई लाग्छ,‘मलाई त्यति भन्न पर्खिएजस्तो लाग्यो । बेहोसको बेहोसमै त्यत्तिकै गई ।’
निशाको भन्दा एक दिनअगाडि आइतबार साँझ बबरमहलमा भएको दुर्घटना पनि करिब यस्तै थियो । २१ वर्षीया शान्ता हमाललाई पनि स्कुटरमा हिँडिरहेका बेला ठूलो सवारी साधन बसले ठक्कर दियो । र,उनी पनि विदेश जानका लागि तयार भएर बसेकी थिइन् । दुर्घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार राजधानीको एक सहकारीमा कार्यरत उनी डेनमार्क जाने अन्तिम तयारीमा थिइन् ।
गत वर्ष चैत १३ गते राजधानीको सामाखुसी गल्कोपाखामा माइक्रोबसले हानेर गायीका मञ्जु महतको पनि निधन भएको थियो ।माइक्रोले ठक्कर दिएर घाइते भएकी उनको उपचारकै क्रममा मृत्यु भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z