कमिलाले टोक्यो कि क्या हो, प्रचण्ड बुरुक्क उफ्रदैँछन् : ओली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सर्लाही : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा संविधान आउन नदिनकै लागि गठन गरिएको आरोप लगाएका छन् । सोमबार सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले कसैको आन्दोलन र रक्तपातको धम्कीको अर्थसमेत नरहेको बताए ।
‘हामी त सहमतिकै पक्षमा छौँ र त्यसअनुसार नै अगाडि बढिरहेका छौँ’, उनले भने, ‘तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नुभयो ।’
सहमतिबाटै मात्र संविधान बनाउनुपर्छ भन्नेलाई प्रतिप्रश्न गर्दै ओलीले संसारमा सर्वसम्मतिबाट संविधान जारी भएको उदाहरण नरहेको बताए । ‘सहमतिबाटमात्रै बनाउनुपर्ने भए दुई÷तीनजना नेता बसेर गरे भइजान्थ्यो नि’, ओलीले भने, ‘संविधानसभाको निर्वाचन किन गर्नु पर्यो ?’
अध्यक्ष ओलीले सहमति सम्भव नभए प्रक्रियाबाटै नयाँ संविधान जारी हुने दाबी गरे । उनले जस्तोसुकै अवरोध पन्छाएर भए पनि माघ ८ गते मुलुकमा नयाँ संविधान जारी हुने बताएका हुन् ।
‘भरसक सहमतिको अन्तिम प्रयास गर्छौं,’ उनले भने, ‘नभए प्रक्रियाबाटै भए पनि मुलुकलाई नयाँ संविधान दिनेछौँ ।’ रासस

###
0 comments
Write Down Your Responses