एमाओवादी मोर्चाद्वारा आमहड्ताल घोषणा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, पुस ७ - एमाओवादी नेतृत्वको संयुक्त गठबन्धनले संविधान निर्माणका लागि दवाब दिने भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ । गठबन्धनको सोमबार बसेको बैठकले पुस-१९ गते ७५ वटै जिल्लामा प्रदर्शन, पुस २५-२९ गतेसम्म माओवादीले भन्ने गरेको राज्यहरुमा फरक-फरक दिनमा आमहड्ताल गर्ने निर्णय गरेको छ । त्यस्तै माघ-५ गते देशभर आमहड्तालको कार्यक्रम एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले तय गरेको छ ।गठबन्धनका प्रवक्ता समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहका अनुसार २५ गते खप्तड-कर्णाली, २७ गते किरात, खम्बुवान, लिम्बुवान, तमुवान र मगरात, २८ गते थरुहट र तराई तथा २९ गते ताम्सालिङमा आमहड्ताल गरिने छ ।



मोर्चामा ३० वटा दल आवद्ध भएको दावी गरिएको छ । संविधानसभामा रहेको १९ दल त्यस गठबन्धनमा आवद्ध छन् ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z