जापानमा अब कामदारले पनि स्थायी बसोबास गर्न पाउने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
टोकियो । जापानमा रहँदै आएका विदेशी कामदारहरुले अब स्थायी बसोबासको स्वीकृति पाउने भएको छन् ।
जापान सरकारले आप्रवासन नियन्त्रण तथा शरणार्थी समस्या सम्बन्धि नियम संसोधन गर्दै दक्ष बिदेशी कामदारहरुलाई निश्चित प्रक्रिया पुरा गरेर जापानमा नै बसोबासको स्वीकृति दिने तयारी गरेको हो ।
जापानको माथिल्लो सदनले नियम संशोधन गर्दै आईटी क्षेत्र, इन्जिनियर, अन्य कम्पनीका लगानी कर्ता, डाक्टर, प्राविधिक, वैज्ञानिक तथा शोधकर्तालाई यस्तो सुबिधा दिने नियम बनाएको हो ।
स्थायी बसोबासको लागि अनुमति दिंदा आबेदकको वार्षीक आय, शैक्षिक पृष्ठभूमि लगायतलाई आधार मानिने छ ।
यस्तै जापानमा कम्तिमा लगातार १० वर्ष बसेको वा कागज, प्रक्रिया पुर्‍याएमा पाँच वर्ष लगातार बसोबास गरेको प्रमाणित भए श्रीमतीलाई समेत काम गर्ने अनुमति दिइने छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z