प्रचण्डले भने,‘कांग्रेस–एमालेलाई खेलाउँदैछु’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

सत्तारूढ दलका शीर्ष नेताहरू संविधान निर्माणका विषयमा निकट रहेको समयमा फेरि प्रचण्डले जातीय राज्यकै आश्वासन जनजाति नेताहरूलाई दिएका छन्।
प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘कांग्रेस–एमाले २०४७ सालको संविधान ब्युँत्याउने खेलमा लागेका हुन सक्छन्। एमाओवादी र त्यसको अध्यक्ष २०४७ त परै जाओस्, अन्तरिम संविधान २०६३ अनुसार पनि नयाँ संविधान बनाउने पक्षमा छैनन्। त्यसैले मलाई कांग्रेस–एमालेले होइन, मैले कांग्रेस–एमालेलाई खेलाउँदैछु।’
प्रचण्डले जातीय पहिचानका आधारमा संघीय प्रदेश निर्माण, समावेशी र समानुपातिक आधारको प्रतिनिधित्व एमाओवादीकै बटमलाइन भएको आश्वासन जनजाति नेताहरूलाई दिएका थिए। दाहालले उनीहरूसामु आफू लोकतान्त्रिक आन्दोलन र १० वर्षे जनयुद्धको मर्मको प्रतिनिधित्व गर्न पछि नपर्ने प्रतिबद्धता जनाए।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

###
0 comments
Write Down Your Responses