बन्दको प्रतिकार गर्दै यात्रु सडकमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :ललितबहादुर बुढा (यातायात व्यवसायीको बन्दको प्रतिकार गर्दै सडकमा उत्रेका सर्वसाधरण)
सुर्खेत : यातायात व्यवसायी र मजदूरहरुले आफूखुशी बन्द गरेको भन्दै यात्रुहरु त्यसको विरोधमा उत्रिएका छन् । उनीहरुले तत्काल यातायात सञ्चालन गर्न माग गरेका छन् । बन्दले गन्तव्यमा पुग्न नसक्दा महत्वपूर्ण काम छुटेको भन्दै उनीहरुले गाडी सञ्चालन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रहरीले सुरु गरेको अभियान सही भएको भन्दै यात्रुले यायायात व्यवसायी र मजदुरुले सडकमा मनपरी गरेको आरोप लगाएका छन् । बन्दको बिरोधमा यात्रुहरु सडकमा उत्रिन थालेपछि यातायात व्यसायीहरु नैतिक संकटमा परेका छन् । व्यवसायीहरुले थुनामा रहेका चालक तथा मजदूरहरुलाई मुक्त नर्गदासम्म बन्द जारी रहने अडान लिएका छन् ।

यातायात मजदूरले बिहीबारबाट गरेको बन्दलाई यहाँका यातायात व्यवसायीले पनि साथ दिएका छन् । बन्दले जिल्ला भित्रिने र बाहिरिने कुनैपनि सवारी साधन सञ्चालन हुनसकेका छैनन् ।

बढी यात्रु चढाएको भन्दै बसका चालक र सहचालक गरी २३ जनालाई प्रहरीले थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । यसैको विरोधमा यातायात मजदूरको नाममा यातायात बन्द गरिएको छ ।


बन्दको बिरोधमा सर्वसाधरण सडकमा निस्केपछि सुरक्षा दिँदै प्रहरी
जिल्ला प्रशासन कार्यालयले बन्द खुलाउने प्रयास भइरहेको भन्दै आन्दोलनमा नाममा नझुक्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जिल्ला बाहिरबाट सवारी साधन ल्याएर भएपनि यात्रुलाई गन्तव्यमा पु¥याउने तयारी भइरहेको जानकारी दिए ।

जिल्लाका यातायात व्यवसायीहरुले अटेर गरेमा प्रशासनले थप कडा कदम चाल्ने भन्दै प्रजिअ बोहोराले यसले व्यवसायीलाई नै घाटा पुग्ने चेतावनी दिए । मुद्दा कानुनी प्रक्रिया अनुसार नै अगाडि बढ्ने भन्दै उनले व्यवसायीसँग बार्ता र छलफल आवश्यक नरहेको बताए ।

कानुन अनुसार नै चल्न उनले व्यवसायीलाई आग्रह समेत गरे । आइतवार भएको बस दुर्घटनापछि प्रहरीले सवारी साधनमा कडाई सुरु गरेपछि जिल्लामा तनाव बढ्दै गएको छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z