दुबईमा मृत्युदण्ड सुनाइएका अनिशलाई बचाउन सरकारसँग अपिल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ : दुबईमा मृत्युदण्डको सजाय सुनाइएका सङ्खुवासभा मस्से पोखरा गाविस–३ का अनिश खालिङ राईको जीवनरक्षाका निम्ति आग्रह गरिएको छ ।

अनिश खालिङ राई बचाऔँ अभियान समितिद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा राईका आफन्तले उनको जीवनरक्षाका लागि तत्काल पहल थाल्न सरकारसँग आग्रह गरेका हुन्। वैदेशिक रोजगारीका सिलसिलामा २०६८ सालमा दुबई गएका राईलाई २०६९ सालमा ज्यान मुद्दाको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

राईका आफन्त प्रकाश खालिङले भने, “अनिशलाई मृत्युदण्डको सजायबाट उन्मुक्ति दिलाउनका लागि अबको प्रक्रियाबारे स्पष्ट पार्दै उसलाई जतिसक्दो चाँडो घर फर्काउन जिम्मेवारीका हिसाबले संवेदनशील एवम् तदारुकताका साथ सरकार लाग्नुपर्छ ।”

अभियान समितिका सञ्चार संयोजक खालिङले समितिले २०७१ साल साउन २९ गते दुबई अदालतबाट माग भएको ब्लडमनी(क्षतिपूर्ति)बापत दुबई अदालतलाई पठाएको रु तीन लाख पाँच हजार नेपाल फिर्ता आएको भनी सञ्चारमाध्यममा आएको खबरबारे आफूहरूलाई जानकारी नभएको बताए। रासस
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z