डिभिजन ‘टु’ क्रिकेटका लागि १८ खेलाडी छानिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर १९ । नामिबियामा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली खेलाडीहरुको छनोट गरेको छ । क्यानले पहिलो चरणमा १८ जना खेलाडी छनोट गरेको जनाएको छ ।
छानिनेमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन, शक्ति गौचन, मेहबुब आलम, विनोद भण्डारी, शरद भेषावकर, बसन्त रेग्मी र सुवास खकुरेल छन् ।
त्यसैगरी, आरिफ शेख, करन केसी, अमृत भट्टराई, राजेश पुलामी, सोमपाल कामी, नरेश बुढाऐर, राहुल विश्वकर्मा, भुवन कार्की र रामनरेश गिरी टिममा परेका छन् ।
सोमबारदेखि हुने बन्द प्रशिक्षणपछि नामिबिया जाने अन्तिम १४ जनाको टिम तयार हुने क्यानले जनाएको छ ।
माघ ३ गतेदेखि हुने डिभिजन ‘टु’ क्रिकेटमा नेपाल र आयोजक नामिबियासहित केन्या, नेदरल्यान्ड्स, क्यानडा र युगान्डा रहेका छन् ।

###
0 comments
Write Down Your Responses