डलरको भाउ उकालो लाग्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
९ पुस, काठमाडौ ।
लगातार उकालो लागेर माथिल्लो दरमा पुगेपछि सामान्य उतारचढाव देखिएको अमेरिकी डलर बुधबार रुपैंयाँसँग थप मजबूत भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि प्रतिडलर विक्रीदर एकसय एक रुपैंयाँ ५६ पैसा निर्धारण गरेको हो ।



यो विक्रीदर अघिल्लो दिनको तुलनामा ७ पैसा बढी हो । अघिल्लो दिन राष्ट्र बैंकले प्रतिडलर विक्रीदर १ सय एक रुपैंयाँ ४९ पैसा निर्धारण गरेको थियो । गत बिहीबार प्रतिडलर बिक्रिदर १ सय २ रुपैंया ९ पैसा कायम भएको थियो ।

विशेषगरी भारतीय आन्तरिक उत्पादन खस्किएको तथ्यांक सार्वजनिक भएपछि भारतीय मुद्रा डलरसँग कमजोर हुनुका साथै अमेरिकी व्यापार र रोजगारीमा देखिएको सुधारले डलर झन् मजबूत भएको बेला भारुसँग स्थिर विनिमयदर रहेको नेपाली रुपैंयाँ स्वतः कमजोर भएको हो ।

१४ वर्षदेखि भारुसँग नेपाली रुपैंयाँको विनिमयदर स्थिर रहेको छ । डलरको भाउ बढ्दा निर्यात् व्यापार र रेमिट्यान्सको आम्दानी बढेपनि आयातमुखी अर्थतन्त्र रहेकाले नेपाललाई लाभ भन्दा हानी नै बढी हुन्छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z