पत्रकार डेकेन्द्र थापाका हत्यारालार्इ दुर्इ वर्ष कैद
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : द्वन्द्वकालमा माओवादी कार्यकर्ताबाट मारिएका पत्रकार डेकेन्द्र थापाका हत्यारालार्इ जिल्ला अदालत दैलेखले सजाय सुनाएको छ । पत्रकार थापाको हत्यासम्बन्धी घटनामा उनकी लक्ष्मीले दायर गरेको मुद्दाको न्यायाधीश डिल्लीरत्न श्रेष्ठले आइतबार फैसला सुनाएका हुन् । पत्रकार थापाको हत्यामा संलग्न हरिलाल पुन, जयबहादुर शाही र निरक घर्तीलार्इ न्यायाधीश श्रेष्ठको इजालसले जनही २/२ वर्ष जेल सजाय सुनाएको हो ।
उनीहरु यसअघि नै जेलमा थिए । दुवै पक्षका वकिलहरुको बहस र घटनासम्बन्धी मिसिल अध्ययन पुरा गरेपछि अदालतले फैसला सुनाउँदै यसअघि नै कैद भुक्तान गरिसकेका हत्यामा संलग्नहरु बीरबहादुर केसी र लक्षीराम घर्तीलार्इ कैदमुक्त गर्न आदेश दिएको हो । पत्रकार थापाको हत्या अभियोग लागेका अन्य चार जनाको हकमा भने मुलुकी ऐन बमोजिम मुल्तबीमा राखिएको छ । फरार भएकाहरु बमबहादुर खड्का मुक्ति, बमबहादुर खड्का अरुण, केशव खड्का र भक्तिराम लामिछानेको हकमा मुल्तबीमा राखिएको हो । सशस्त्र संघर्षका क्रमा माओवादी कार्यकर्ताहरुले पत्रकार थापालार्इ अपहरण गरी २०६१ २७ गते दैलेखको द्वारी गाविस-१ मा हत्या गरेका थिए ।
हत्यापछि उनको शव ४ वर्षसम्म लुकाइएको थियो । माओवादी शान्ति प्रकृयामा आएको लामो समयपछि पीडितपक्षले दिएको उजुरी दर्ता गरेर प्रहरीले ०६९ पुसमा पत्रकार थापाको हत्या अभियुक्तलार्इ पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अभियुक्तविरुद्द जिल्ला न्यायाधीवक्ताको कार्यालयले मुलुकी ऐन कर्तव्य ज्यानसम्बन्धी महल-१३ (३) बमोजिम सजाय माग गरेको थियो ।

###
0 comments
Write Down Your Responses