स्कुलमा नयाँ माओवादीको चन्दा आतंक
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : भर्खरै गठन भएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीले निजी विद्यालयहरूमा चन्दा आतंक मच्चाएको छ। गठन हुनेबित्तिकै आर्थिक संकलनलाई पहिलो प्राथमिकतामा राखेर विद्यालयहरूलाई चन्दा दिन धम्की दिएपछि उक्त पार्टी र कार्यकर्ताको नियतमाथि शंका उब्जेको छ।
विगतमा पनि राजनीतिक दल तथा तिनका भ्रातृ संगठनले हरेक कार्यक्रम गर्दा विद्यालय सञ्चालक तथा व्यवसायीबाट जबरजस्ती चन्दा उठाउने गरेका थिए। नेकपा माओवादीका संयोजक चन्दको हस्ताक्षरमा उपत्यकाका निजी विद्यालयहरूमा आर्थिक सहयोग गर्न पत्र पठाइएको छ।
पत्रमा चन्दले नयाँ आन्दोलन सफल पार्न स्कुलका तर्फबाट आर्थिक तथा भौतिक सहयोग माग गरेका छन्। विद्यालय सञ्चालकहरु फेरी नयाँ आन्दोलनका नाममा भर्खरै गठन भएको पार्टीले चन्दा सहयोग मागेपछि समस्यामा परेका छन्।
चन्द नेतृत्वको उक्त पार्टीले भूमिगत रूपमा आन्दोलन गर्ने चुनौती पनि दिइरहेको छ। आर्थिक सहयोग नगरे पार्टी भूमिगत भएपछि भौतिक कारबाही गर्ने हो कि भन्ने त्रास विद्यालय सञ्चालकमा परेको छ। 'राजनीतिक दलैपिच्छे चन्दा दिएर हामी हैरान भइसक्यौं।
सार्वजनिक स्थलमा भाषण गर्दा माओवादीहरु सबैभन्दा पहिला निजी विद्यालयको विरोध गर्छन्। पैसा चाहियो भने पनि सबैभन्दा पहिला हामीकहाँ नै आउँछन्', एक विद्यालयका सञ्चालकले भने।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव डीके ढुंगानाले दलहरूले हरेक आन्दोलनमा विद्यालयलाई आर्थिक स्रोत उठाउने मु य केन्द्र बनाउँदा सञ्चालकहरू समस्यामा परेको बताए।
उनले भने, 'चन्दा स्वेच्छिक कुरा हो। यसरी आग्रह गर्दा दल र तिनका भ्रातृ संगठनले विद्यालयको हैसियत हेर्नुपर्छ।'
नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीको राष्ट्रिय सम्मेलन सफल बनाउन उद्योगी-व्यवसायीसँग आर्थिक सहयोग माग गरिएको बताए। 'पार्टीको केन्द्रीय तहको निर्णयअनुसार सबै क्षेत्रका व्यवसायीहरूसँग सहयोग मागिएको हो। यस अभियानमा विद्यालय सञ्चालक पनि परे होलान्।

###
0 comments
Write Down Your Responses