यसकारण स्थगित भएको थियो मोदीको लुम्बिनी भ्रमण, मोदीको भ्रमण रोक्ने को–को ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं,मंसिर १६ – भारतको राष्ट्रिय सुरक्षा सल्लाहाकार बोर्डका सदस्यले नेपाललाई दिने सुविधा कटौती गर्न सरकारलाई सुझाव दिएका छन् । बोर्ड सदस्य जयदेब रानादेले चिनियाँ प्रभावकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले जुम्बिनीको भ्रमण स्थगित गर्नुपरेको दाबी गरेका छन् ।
मोदीले भ्रमण गरे भारतको प्रतिष्ठा बढ्ने र लुम्बिनीमा आफ्नो योजना कमजोर हुने चिनियाँ चासोका कारण भ्रमण हुन नसकेको रानादेबको तर्क छ । भारतीय मन्त्रिपरिषद्का पूर्वसहसचिव तथा नयाँदिल्लीस्थित सेन्टर फर चाइना एनालाइसिस एन्ड स्ट्राटेजीका अध्यक्षसमेत रहेका उनले नेपालमा चिनियाँ प्रभावले सीमा नाघ्न लागेको भन्दै काठमाडौंलाई जवर्जस्त चेतावनी दिनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।
उनले नेपालका अर्थमन्त्री रामशरण महत,सञ्चारमन्त्री मिनेन्द्र रिजाल र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको भ्रमण स्थगित गराउन भूमिका खेलेको दाबी गर्दै उनीहरुलाई चीनपरस्तको आरोपसमेत लगाएका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

###
0 comments
Write Down Your Responses