जसले भारतका कोठीमा आफैँलाई बेचिन्...
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काखमा छोरी बोकर आफैलाई बेच्न खोज्दा ‘गेम’ खेलेको आरोपमा जेल परेकी फूलमायाको कथा
गत चैतको एक शुक्रवार। म रिपोर्टिङको क्रममा हनुमानढोका प्रहरी कार्यालयको अपराध अनुुसन्धान विभागमा थिएँ।
अनुसन्धान विभागकी प्रहरी अधिकृत मीरा चौधरीको कक्षमै थिइन्, फूलमाया तामाङ। बैजनी रङगको कुर्तासलवार लगाएकी २५ बर्षीया फूलमाया तामाङको काखमा २ बर्षे छोरी पनि थिई।
गोरो छाला पुक्क उस्किएर रगत चुहिएलाजस्ता गाला। फूर्रफूर्र यताउता गरिरहेकी उनकी छोरी निकै चञ्चल देखिन्थी। आमासँगै उनीपनि महिना दिनदेखि जेलमै छिन्। ब्यागबाट चक्लेट झिकेर उसलाई दिएँ, उसले मलाई हठात् सलाम गरी।
फूलमायाको बारेमा प्रहरीअधिकृत चौधरीलाई सोध्दा थाहा भो ‘गेम’ खेल्ने क्रममा उनी फागुन ३० गते पक्राउ परेकी अरे। ‘गेम?’ सुनेर म झस्किएँ, त्यो कस्तोखालको ‘गेम’ होला? गेम खेलेको अपराधमा उनले जेल सजाय भोग्दै थिइन्।
प्रहरीकै भाषामा नाटकीय रुपमा आफै भारतमा गएर बेचिने अनि दलालमार्फत पैसा लिने। ठाउँठाउँमा फूलमायाहरू आफैँ बेचिन्छन्। अनि त्यहाँबाट फेरि भाग्छन् र दलालमार्फत आफू बेचिएको कमिशन लिन्छन्। यही ‘धन्दा’लाई प्रहरीले कोड दिएको रहेछ ‘गेम खेलेको अपराध।’
सुरुमा फूलमाया उत्तिसारो खुलिनन् कुरा गर्दा। केहीबेरपछि सबै भनिन्। धेरै नेपाली महिलाहरूलाई दलालले फकाइफुलाई भारतमा पु¥याएर बेच्छन्, तर फूलमाया दलालसँग मिलेर आफैं बेचिइन्।
‘किन बेच्नुभयो त आफैलाई?’ उनले सुरुमा त केही भन्न चाहिनन्। अनि विस्तारै आफ्नो जीवन कहानी सबै बताइन्।
सिन्धुपाल्चोकको इचोक गाँउ उनको माइती हो! गाँउले ‘दाइ’ कालु लामाले नै फूलमाया र अरु दुुईजना बहिनीहरूलाई ‘गेम’ खेल्ने योजना सिकाए।
अचम्मको कुरा २ बर्षअघि पनि उनी गाँउकै लाङ भन्ने दलालबाट मुुम्बईमा बेचिएकी थिइन्। त्यतिखेर उनको साढे २ बर्षकी छोरी ७ महिनाको दूधे बालक थिए।
१९ बर्षको उमेरमा गाँउकै बुद्धिराम तामाङसँग उनको प्रेमविवाह भएको थियो। बुद्धिमान खासै केही काम गर्दैनथे। रक्सी खाएर तास खलेरै दिनरात बिताउँथे। छोराछोरी भइसकेपछि पनि बुद्धिमानको बुद्धि फेरिएन।
घरमा लाउन खान उत्तिकै गाह्रो । गाउँकै लाङ दाइले उनलाई भारत लगेर होटलमा भाँडा माझ्ने काम लगाइदिन्छु भने। तर, मुम्बई पुुगेपछि थाहा भयो उनी बेचिइछिन्। मुम्बईको कोठीसम्म पुुग्दा पनि उनको काखमा यही छोरी थिइन्! मन्जु तामाङ नाम गरेकी बाईले उनको काखको बच्चा देखेर त्यहाँबाट फुत्कन सहयोग गरे। तीन महिनापछि उनलाई माइती नेपालले उद्दार गरेर नेपाल फर्काए।
घर परिवारले फूलमायाको चासो लिन मानेनन्। त्यसबेला उनको कहिल्यै कसैले खोजी पनि गरेनन्। डेढ बर्ष सम्म आफ्नो छोरीसँगै उनी माइती नेपालकै संरक्षणमा बसिन्। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले नै उनलाई अन्नपूर्ण होटलमा हाउस कीपिङको तालिमका लागि पठाएकी थिइन्। तीन महिनाको तालिम पछि उनी गएको दशैमा माइती गाउँ फर्किईन्। माइतीमा दशैको रमझम थियो। श्रीमान बुद्धिमान र ससुरा फूलमायालाई घर फर्किन भन्दै फकाउन आइरहन्थे।
जाँड खाएर नपिट्ने र कमाएर आफू र छोराछोरी पनि पाल्ने भन्दै श्रीमानले फूलमायालाई खुब फकाए। लोग्नेको मिठो बोलीले आशिएर उनी फेरि घर फर्किइन्।
तर, बुद्धिमानको बानी फेरिएन। फूलमायालाई घर व्यवहार टार्न धौ–धौ हुन्थ्यो। महिना दिन नपुुग्दै पेटमा बच्चा बस्यो। लोग्ने महिनौं दिन काममा जाँदैनथे। गाँउमा केटी बेच्ने दलाल भनेर चिनिने कालु दाईसँग फूलमायाको भेट भइरहन्थ्यो।
कालु तामाङले नै उनलाई अब ‘गेम’ खेल्नुपर्छ भनेर सल्लाह दिए। योजनाअनुसार फूलमाया र अरु २ जना केटीहरू सहित दिल्लीमा लगेर नाटकीय रुपमा बेचिने र बेचिए बापत एकजनाले २० हजार पाउने तय भयो। भ्याएसम्म दिल्लीका हरेक ठाँउमा आफै बेचिँदै फुत्किएर भाग्ने र पैसा बाँड्ने योजना थियो उनीहरूको।
कुरा गर्दागर्दै फूलमायाका आँखा भरिइसकेका थिए। ‘पेटको बच्चाको लागि पैसा कमाउन मैले आफैँलाई बेच्ने भनेर गाँउबाट हिडेको हुँ। यै काखको स्यानी छोरीले आमा, ‘पापा खाने’भन्दा चाक्लेट किन्दिने पैसा नि हुन्थेन मसँग । त्यसैले २० दिनमा २० हजार कमाउने लोभले म बेचिन गएँ।’
२ बर्षअघि झुक्किएर बेचिएको पीडाका खत ताजै थिए। र, पनि काखमा २ बर्षको छोरी र पेटमा बसेको अर्को बच्चाको भबिष्य बनाउनका लागि फूलमायालाई पैसा चाहिएको थियो। फेरि अर्काे घाउ बनाउन उनी तयार भइरहेकी थिइन्।
योजनालाई सफल बनाउन उनी सिन्धुपाल्चोकबाट काठमाडौं ओर्लिन्। घरबाट काठमाडौंमा साथीलाई भेट्न जाने भनेर बहाना बनाइन्। फागुन ३१ गते गाँउका अरु बहिनीहरू सहित तीनै जना बौद्ध घुमे र कालु लामाको सहयोगमा गेम खेल्न तयार भए।
भोलिपल्ट चैत्र १ गते कालु लामासँगै सबैजना बालाजु गंगा हलमा फिल्म हेर्न गए। त्यहाँबाट बल्खु हुँदै टाटा सुमो चढेर हेटांैडा पुगेर बास बसे। अर्को दिन चैत्र २ गते हेटौडाबाट बीरगञ्ज हुँदै रक्सौलसम्म पुग्न भ्याए। रक्सौलपछि दिल्लीसम्म पुग्ने यात्रामा कालु लामा छुट्टिने सल्लाह भयो।
चैत्र ३ गते रक्सौल हुँदै उनीहरू दिल्ली पुगे। गेम खेल्ने पूर्वनिर्धारित योजनाअनुसार उनीहरू दिल्लीस्थित साइली नाम गरेकी ‘बाई’को कोठामा पुगे। पैसाको कारोबार कालुले नै गरे।
फूलमायाले साइली दिदीलाई आफू राजीखुसीले बेचिन आइपुगेकी कुरा बताइन्। फूलमाया र अरु बहिनीहरूलाई कालुले सम्झाए ‘एक हप्ता नाघेपछि मध्यरातमा ढोका खोलेर भाग्नु अनि दिल्लीको सिक्किम होटलमा आउनु, म त्यहीँ हुन्छु र काठमाडाै फर्काइदिन्छु।’
यति बोलेर उनी छुट्टिए। तर, बैशाख ९ गते राती साइली बाइको मोबाइलमा फोन आयो, ‘गाँउका बहिनीहरू हराएको सुइँको पाएपछि आफन्त पर्नेले प्रहरीमा फोन गरेका छन्, अनि दिल्लीका संघसंस्थामा खबर गरेर हराएका बहिनीहरू बेचिन सकेको आशंकामा खोजी सुरु भएछ।’ साइली तामाङले फूलमाया र अरु दुुईजनालाई नाटकीय रुपमा बेचिने र पैसा असुल्ने योजनाको चाल पाएर भारतीय दूताबासमा बुझाइदिइन्।
बैशाख १३ गतेसम्म उनीहरू भारतीय दूताबासकै हिरासतमा थिए। तर, १३ गते मध्यरातमा दूतावासबाट भाग्ने योजना बनाए। झण्डै रातको पौने १२ बजे पिठ्यूँमा सानी छोरी च्यापेर दूतावासको बगैचा रुखैरुखले भरिएको जंगल झाडी छिचोलेर फूलमाया दूतावासको पश्चिम गेट पुगिन्।
मस्त निद्रामा रहेका पालेको आँखा छलेर उनी सजिलै दुताबासबाट बाहिरिइन्। मध्यरातमा ३ सय रुपैयाँ टेम्पो भाडा तिरेर उनीहरू आनन्दविहार हुदँै सुनौलीसम्म आइपुगे र भोलिपल्ट भैरहवा हुदैँ काठमाडांै आइपुगे। जिल्ला प्रहरी कार्यालय हनुमानढोकाको अनुसन्धान विभागले फूलमाया तामाङको मोबाइलको ट्रयाकिङ गर्दै सबैलाई पक्राउ गर्न सफल भएछन्।
फूलमाया तामाङलाई मानव वेचविखन तथा ओसारपोसार ऐन,२०६४ अनुसार सरकारवादी भएर मुद्दा चलाइएको थियो। फूलमाया जेल जान तयार थिइन् तर, उनको सात महिनाको कोखको र काखको २ बर्षको बच्चाका लागि जेलको यात्रा नर्क भन्दा कम थिएन।
झण्डै महिनौ दिन बितिसक्दा पनि परिवारले उनीसँग सम्पर्क गर्न मानिरहेका थिएनन्। त्यसैले उनी भन्दै थिइन् ‘म पनि जेलमै बस्छु मेरो काख र कोखको बच्चा मसँगै बस्छन्।’
फूलमाया कुनै पनि परिस्थितिमा घर फर्कन चाहन्नथिन्। मैले पटक पटक सम्झाएँ, कम्तीमा छोरीको भबिष्य राम्रो बनाउन कतै आवासगृहमा राख्ने कि? उनी ढिपी गर्दै थिइन्, ‘मैले दुःख भोगे मेरो छोरीले पनि दुःन भोग्नु नै छ।’
पेटको बच्चाका लागि उनी आफैँ बेचिन तयार भइन्। कानुनको भाषामा त्यो मानव ओसारपसार बेचबिखनको अपराध थियो। तर, घटनाको प्रकृत्तिले भन्थ्यो ‘उनी परनिर्भर थिइन् लोग्नेको साथमा सुखी भविष्य खोजिरहेकी अनपढ महिला मात्रै।’
हो, यस्ता फूलमायाहरू, जो जिन्दगीभर लोग्नेको कुटाई खान्छन् अनि आफनो बच्चाको भबिष्यका लागि आफू बेचिन तयार हुन्छन्। आफै आत्मनिर्भर अनि शिक्षित मात्र भइदिएको भए सायदै उनले जिन्दगीसँग ‘गेम’ खेल्न पर्दैनथ्यो होला।
त्यो बेला सुनेको उनको कथा र निर्दाेष, अबोध छोरीको अनुहारबाहेक उनको मुद्दा कहाँ पुग्यो? केही थाहा छैन। नोभेम्बर २५बाट महिला हिंसा विरुद्धका अभियान जोडतोडले सुरु भएको छ।
टेलिभीजनका फूटेजमा चर्कोचर्को आवाजमा महिला अधिकारकर्मीहरू भाषण दिनमा ब्यस्त छन्। पत्रपत्रिकामा पनि १६ दिने अभियानका सामाग्रीहरू टन्नै समेटिएका छन्। फेसबुक ट्वीटर जतासुकै महिला भएकै कारण हुुने विभेदबारे छरपस्ट विचारहरू पनि छन्।
महिलाका यौन तथा प्रजनन् स्वास्थ्यका अधिकारजस्ता बहसहरू चुलिँदैछन् तर, हाम्रै समाजमा अनगिन्ती फूलमायाहरू छन्, जो सामान्य आवश्यकता पूरा गर्नका लागि आफै बेचिने अपराधमा होमिइरहेका छन्।
तर, बिडम्बना महिला अधिकारको वकालत गर्ने बौद्धिक जमात महिलाको आत्म स्वाभिमानमा चोट लाग्यो, लोग्नेको खुट्टा ढोग्ने कि नढोग्ने? महिलालाई आइमाई भन्ने कि नभन्ने’जस्ता बहसहरूमा धेरै अल्झिइरहेका छौँ। अब, फूलमायाहरूलाई आर्थिक रुपमा निर्भर र शिक्षित बनाउने अभियानमा पनि लाग्ने कि?
तर, बिडम्बना महिला अधिकारको वकालत गर्ने बौद्धिक जमात लोग्नेको खुट्टा ढोग्ने कि नढोग्ने? महिलालाई आइमाई भन्ने कि नभन्ने’जस्ता बहसहरूमा धेरै अल्झिइरहेका छन्।

###
0 comments
Write Down Your Responses