१६२ जना सहित एयर एसियाको विमान सम्पर्कबिहीन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं-जकार्तादेखि सिंगापुर जाँदै गरेको एयर एसिया इन्डोनेसियाको एयरबस ३३०–३० विमान सम्पर्कबिहीन भएको छ। घटनाबारे विस्तृत जानकारी आइनसकेको बिबिसीले जनाएको छ। विमानमा १ सय ६२ जना यात्रु सवार थिए। विमान स्थानीय समयअनुसार बिहान ६:१५ बजे जाकर्ता एयर ट्राफिक कन्ट्रोलको सम्पर्कमा नरहेको बताइएको छ। नागरिक उड्ड्यन कर्मचारीले विमान हराउनुभन्दा पहिले नयाँ रुटबारे सोधेको उल्लेख गरेका छन्।



एशिया क्षेत्रमा सस्तो भाडा दरमा उडान गर्ने एयर एसियाले विज्ञप्ति जारी गर्दै मौसमको खराबीका कारण निर्धारित रुटभन्दा विमान अर्कोतर्फ जान एयर ट्राफिक कन्ट्रोलसँग अनुमति मागेको उल्लेख गरेको छ। पाइलटले बाक्लो बादलका कारण ३२ हजार फिटबाट ३४ हजार फिटको उचाइमा जानलाई एयर ट्राफिक कन्ट्रोललाई सोधेका थिए। त्यसको केही समयपछि विमान सम्पर्कबिहीन भएको थियो।

विमानमा दुई जना पाइलट, पाँच क्याबिन क्र्यु र १५५ यात्रु थिए।



एयर एसियाको विमान सम्पर्क बिहिन भएकोबारे सिंगापुर वायु सेवा निगमले जारी गरेको वक्तव्य:






###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z