एयर एसियाको जहाजसँगै ५ देशका १६२ यात्रु बेपत्ता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जाकर्ता : इन्डोनेसियाको सुरबायाबाट १६२ जना यात्रु लिएर आइतबार बिहान सिंगापुरका लागि उडेको एयर एसियाको जहाज बेपत्ता भएको छ ।
इन्डोनेसियाको परिवहन मन्त्रालयका अधिकारीलार्इ उधृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार स्थानीय समयअनुसार बिहान ६ बजे १७ मिनेटबाट १५५ यात्रुसहितका जहाजको सम्पर्क जाकर्तास्थित ट्राफिक कन्ट्रोलरुमसँग टुटेको हो ।
१६२ यात्रुसहित बेपत्ता एयर एसियाको विमान
इन्डोनेसियाको परिवहन मन्त्रालयका एक अधिकारी हादी मुस्ताफाले उडान नम्बर क्युजेड ८५०१ को एयर बस बेपत्ता भएको पुष्टि गरेका छन् । एयर बस ३२०-२०० जहाजमा चालक दलका सदस्यहरुसहित १६२ जना यात्रु सवार रहेको इन्डोनेसियन परिवहन मन्त्रालयले पुष्टि गरेको छ ।
इन्डोनेसियन परिवहन मन्त्रालयका अधिकारी हादी मुस्ताफाले जहाज सुराबाया शहर र सिंगापुरको बीचमा रहेको जावा सागरमा पुगेपछि सम्पर्क टुटेको हो ।
जहाजसँगै बेपत्ता भएका यात्रुका आफन्त शोकमग्न अवस्थामा
परिवहन मन्त्रालयका अधिकारी हादी मुस्ताफाले जहाज सम्पर्कविहीन हुनुअघि चालक दलबाट नियमित रुटबाट अन्यत्रै मोडिनका लागि अनुमति मागेका थिए । बेप्ता भएको जहाज सिंगापुरमा बिहान साढे ८ बजे अवतरण हुने तालिका थियो ।
जहाज बेपत्ता भएपछि खोजीकार्य र उद्दारका लागि अभियान सुरु भइसकेको इन्डोनेसियन सञ्चारमाध्यमले जनाएका छन् । एयर एसियाले यात्री र चालक दलका सदस्यहरुको अवस्थाबारेमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।
बेपत्ता यात्रुका आफन्त
५ देशका १६२ यात्रु बेपत्ता
बेपत्ता एयर एसियाको जहाजमा नेपाली नागरिक यात्रारत थिएनन् । एयर एसियाले आइतबार जारी गरेको विज्ञप्तीमा जहाजमा २ जना पाइल, ४ जना विमान परिचारिका र एकजना इन्जिनियर रहेको जनाएको छ ।
आफन्त सवार जहाज बेपत्ता भएपछि रुँदै एक महिला
जहाजमा १५६ जना इन्डोनेसियन, ३ जना दक्षिण कोरियन, १ जना फ्रान्सेली, १ जना मलेसियन र १ जना सिंगापुरका नागरिक रहेको एयर एसियाले पुष्टि गरेको छ ।
###
0 comments
Write Down Your Responses