फुटपाथ पसल रहेको स्थानमा वृक्षरोपण सुरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
ललितपुर: ललितपुर जिल्लाको मौलिक सौन्दर्यतालाई जोगाइराख्न र बढ्दो फुटपाथ पसलको अतिक्रमण नियन्त्रण गर्नका लागि ललितपुरमा फूल लगाउने र वृक्षरोपणको कार्य सुरु गरिएको छ ।
बढ्दो यातायातका साधन र फुटपाथ प्रयोग गर्ने पैदलयात्रीको सुविधालाई ध्यानमा राख्दै दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न महानगरीय प्रहरी परिसर ललितपुर उप–महानगरपालिका र स्थानीय टोलवासीको सहयोगमा मङ्सिर १० गतेबाट दैनिक रुपमा फुटपाथ हटाउने कार्यसँगै फूल रोप्ने काम भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता पवनकुमार गिरीले बताए ।
गिरीका अनुसार जावलाखेलस्थित वडा कार्यालय अगाडि लगनखेल बसपार्क र वाग्मती पुल मुनिको तरकारी बजार विगत १० वर्षदेखि अतिक्रमण गरी बसेका पसललाई हटाइएको हो ।
उक्त हटाइएका स्थानमध्ये जावलाखेल चोक वरिपरिको भागमा ३०० वटा गमलामा विभिन्न प्रजातिका फूल रोपिएका छन् र अन्य खाली रहेका स्थानमा वृक्षरोपणको कार्य भइरहेको छ ।
यस कार्यक्रमलाई महानगरीय प्रहरी परिसर ललितपुर स्थानीय सङ्घ संस्था र स्थानीय निकायको सहयोगमा निरन्तरता दिइँदै आउने गिरीले जानकारी दिए ।
सम्पन्न १८औँ सार्क सिखर सम्मेलनका लागि मुख्य–मुख्य सडक छेउमा राखिएको पसल हटाइएको भए पनि भित्री भागमा राखिएका धेरै पसल बाँकी भएकाले फुटपाथ पसल राखिएको सबै स्थानको पसल केही दिनभित्रै हटाइसक्ने बताइएको छ ।

###
0 comments
Write Down Your Responses