कोरियनको कोठाबाट ल्यापटप र आइफोन सहित ९ लाखको चोरी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं—काठमाडौं महानगरपालिका–४ नयाँबस्तीमा घर भाडामा लिई बसेका कोरियन नागरिक ज्याङ यु ग्यानको कोठाबाट नगद ३ लाख ५० हजार रुपैयाँ, ल्यापटप १ थान, क्यामेरा १ थान, डिस्नेरी १, हार्डिक्स र आइफोनसमेत गरी करीव ९ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ।

यसैगरी धादिङ जिल्ला बसेरी–८ घर भएका ४५ बर्षीय गणेशबहादुर खत्री धादिङ जानेक्रममा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित बसपार्कबाट बा.२ ख ५०५७ नम्वरको बसको टिकट लिई झोला बसमा राखी चिया खान गएको अवस्थामा झोलामा राखेको नगद २ लाख ५० हजार रुपैयाँ, ५ तोला सुनका गहना, साडीसमेत गरी करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४४ वर्षीय हरिनारायण श्रेष्ठको सोही ठाउँस्थित स्टाफ भोजनालयबाट गएराति अपरिचित व्यक्तिहरुले ताला फुटाई नगद ७२ हजार रुपैयाँ र कागजपत्रहरु बुधबार राति चोरी गरेको खुल्न आएको छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z