फिलिपिन्स समुद्री आँधीको चपेटामा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर २१ । फिलिपिन्सको पूर्वी क्षेत्र समुद्री आँधीको चपेटामा परेको छ । ‘हेगुपिट’ नाम दिइएको आँधीबाट थुप्रै संख्यामा रुखहरु ढलेका छन् भने बिजुलीका पोलहरु ढलेर बाटो अवरुद्ध भएको बीबीसीले जनाएको छ ।
१ सय ७५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलिरहेकाले तटीय क्षेत्र बढी प्रभावित हुने सम्भावना रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
गत वर्ष ‘हेइयान’ नाम दिइएको आँधीका कारण करिब ७ हजार मानिसको मृत्यु भएको ताक्लोबान सहरमा ‘हेगुपिट’ले घरका छानाहरु उडाएको छ । सडकहरु जलमग्न भएका छन् । टेलिफोन सेवा अवरुद्ध भएको छ । मानवीय क्षति भएको खबर भने नआएको अधिकारीहरुले जनाएका छन् ।
आँधीबाट पर्न सक्ने प्रभावलाई ध्यान दिँदै करिब ५ लाख मानिसलाई शनिबार नै सुरक्षित स्थानमा सारिएको थियो ।

###
0 comments
Write Down Your Responses