धूमपानको असर सात सेकेन्डमै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
डा. भगवान कोइराला (वरिष्ठ मुटुरोग विशेषज्ञ) -
धूमपान वा सुर्तीजन्य पदार्थ सेवनले हुने बेफाइदाबारे समाजमा धेरै चर्चा भइसकेको छ । अब त्यसबारे चर्चा गरेर बस्नेभन्दा त्यसलाई नियन्त्रण गर्ने विषयलाई मनन गर्ने र व्यवहारमा उतार्ने चरण हो । तर, पनि प्रसंग त्यही आउँछ । छोटकरीमा भन्नुपर्दा सुर्तीजन्य पदार्थले खराब असर नपुर्याउने हाम्रो शरीरमा कुनै पनि अंग छैन । अहिले विभिन्न सञ्चारमाध्यममा पनि धूमपानबारे सचेतनासम्बन्धी सूचना आई नै रहेका छन् ।
धूमपानको असर सात सेकेन्डभित्र दिमागमा पुगिसक्छ । धूमपानले तत्काल नमर्ने हुनाले हामी यस्तो गम्भीर कुरा बेवास्ता गरिरहेका छौँ । तर, यसको असर चाहिँ तत्काल पर्छ । तथापि, मनन पनि बिस्तारै भइरहेको छ । तत्कालदेखि दीर्घकालीन असरसम्म हेर्दा यसले सबै अंगलाई गाँज्छ । नेपालमै पनि नसर्ने रोग भनेर जसरी भनिन्छ, त्यो शब्दावली नै परिवर्तन गर्नुपर्ने भएको छ । नसर्ने भनेपछि मानिस आफूलाई सर्ने होइन, अर्कोलाई लागेको त हो नि भनेर ढुक्क भएको पाइयो । नसर्नेभन्दा पनि यसलाई रोक्न सकिने रोग वा ज्यानमारा रोग वा त्यस्तै अन्य केही नाम राख्नु पर्ला भन्ने लाग्छ । किनकि यो रोग लतको कारण लाग्ने हुनाले लत सर्छ वा यसको कारकतत्त्व सर्ने भएकाले नसर्ने भन्नु त्यति ठीक होइन भन्ने लाग्छ । यो नसर्ने भन्दा पनि अर्कै तरिकाले सर्ने रोग हो ।
उदाहरण प्रस्तुत गर्नुपर्दा, हृदयाघातको प्रमुख कारण धूमपान हो । नेपालमा १९९१ मै ५१ प्रतिशत मानिस नसर्ने रोगबाट मर्ने गरेको तथ्यांक छ । अहिले नयाँ तथ्यांक आयो भने त्योभन्दा धेरै बढेको हुनुपर्छ । नसर्ने रोग मुख्य चारवटा कारणले हुन्छ : मोटामोटी सबैजसो क्यान्सर, किड्नी फेल, हर्टअट्याक, दमलगायत रोगको मुख्य चारवटा कारणमा धूमपान, अत्यधिक मदिरा सेवन, कसरतको कमी र अस्वस्थ, अति वा अतिकम खाना । त्यसमध्ये नम्बर एक कारण चाहिँ धूमपान नै हो ।
धूमपानको असर बहुआयामिक छ । हर्टअट्याकको प्रमुख कारण नै यो हो । म गंगालालमा निर्देशक हुँदै सार्वजनिक गरिएको एउटा तथ्यांक थियो, जसमा ५० वर्षभन्दा कम उमेरमा हर्टअट्याक भएकाहरूमा सबैजसो नै धूमपान गर्ने थिए । युवा उमेरमा हुने हर्टअट्याक ९८ प्रतिशत धूमपानकै कारण हुने हो । त्यसबाहेक ४० वर्षभन्दा मुनिमा हर्टअट्याकको प्रतिशत २० छ । अर्थात् पाँच भागको एक भाग ४० वर्षभन्दा मुनिका हर्टअट्याक बिरामी छन् ।
धूमपानले मानिसको अनुहार बिगार्नेदेखि लिएर दम हुने अर्थात् फोक्सोमा समस्या निम्त्याउँछ । यो पित्तथैली, प्यानक्रियाजलगायत धेरै प्रकारका क्यान्सरको पनि कारण हो । यसले बाँझोपनासमेत ल्याउँछ । आँखाको ज्योति कम गर्छ । पश्चिमा देशमा पारिवारिक विच्छेदको कारणमध्ये एक धूमपान बनेको छ । धेरै धूमपान गर्नेको खुट्टा कुहिने समस्या आउँछ । रक्तसञ्चार नपुगेर त्यसो हुने हो । मैले हजारौँको संख्यामा खुट्टाका नलीको बाइपास गरेको छु । खुट्टाका नसा सुकेपछि बाँसजस्तो हुन्छ । हेर्दा फोक्सोमा धुवाँ तानिन्छ तर खुट्टासम्म जल्छ । जीवनभर प्यारालाइसिस भएर बस्नुपर्नेसम्म हुन सक्छ ।
अब यी कुरा भनिरहने वेला गयो । काम गर्ने वेला हो यो । भन्नेहरू आफैँ अब एक्सनमा उत्रिनुपर्यो । यो ठूलो सार्वजनिक स्वास्थ्यको विषय हो । मन्त्रीज्यूले यो क्षेत्रमा काम पनि गर्नुभएको छ । तर, नतिजा त आउन सकेको छैन नि † धुवाँको हानि कति हुन्छ भने हामीले यहाँ चुरोट खायौँ भने हामी यहाँबाट गइसकेपछि यहाँ आउने मानिसलाई समेत हानि गर्छ । सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड धूमपानले समेत हानि गर्छ । धूमपान गर्नेसँगै बस्नेलाई त भयो भयो पेटमा भएको बच्चालाई समेत हानि गर्छ । त्यो बच्चाको के पाप थियो जन्मिनुभन्दा पहिले नै अस्वस्थ हुनलाई ?
विज्ञापनले धूमपानलाई फरक पार्छ । यो सकारात्मक र नकारात्मक दुवै हुन्छ । अमेरिकामा फिल्म स्टारले चुरोट खाएको देखाएपछि जहाँ–जहाँ त्यस्तो फिल्म धेरै देखाइयो, त्यस क्षेत्रका बालक र किशोरले बढी धूमपान गरे । रेडियो, टिभी र पत्रिकाले धूमपान घटाउन सहयोग गरेका छन् । त्यो पनि सही छ । धूमपानविरोधका अभियन्ताले जति बढी विज्ञापन गर्नुहुन्छ, त्यति बढी प्रभाव पर्छ ।
कर्मचारीले भन्न सक्दैनन् । तर, म भन्न सक्छु । सुर्तीजन्य पदार्थमा चेतनामूलक तस्बिर राख्ने विषयमा हाम्रै मन्त्रालयका पदाधिकारीले ऐन निर्माण गर्न ढिलासुस्ती गरेका थिए । अझ भनौँ गर्नै चाहेका थिएनन् । नियमावली पास गराउन लटरपटर गरेर महिनौँ फाइल अड्काइएकै हो । सरकारले जनकपुर चुरोट कारखाना बन्द गराउन ढिलाइ गरेकै हो । सरकारले चुरोट बनाएर मृत्यु बेच्न त भएन नि मन्त्रीज्यूसँग हामीले यस विषयमा कुरा पनि गरेका छौँ । अहिले धेरै कुरो करेक्सन भइसकेको छ । कर बढाउँदा धूमपानको मात्रा घट्छ भन्ने तथ्यांक छ विश्वमा । होइन जसरी पनि खान्छन्, घर बेचेर पनि खान्छन् भनेर भन्नेहरू पनि छन् । तर, त्यसो होइन । फरक पर्छ । दुनियाँमा परेको छ । हामीकहाँ पनि पर्छ ।

###
0 comments
Write Down Your Responses