'हिन्दू राष्ट्र नेपालका लागि मर्न र मार्न तयार छौं
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : हिन्दु राष्ट्र नेपाल अभियानका अगुवाहरुले हिन्दु धर्मका लागि आफूहरु मर्न र मार्न तयार रहेको चेतावनी दिएका छन्।

सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समितिद्वारा तीनकुनेमा आयोजित आमसभालाई सम्बोधन गर्दै अभियन्ताहरुले यस्तो चेतावनी दिएका हुन्। संघर्ष समितिका संयोजक हरीबोल भट्टराई, माधव भट्टराई, कुमार रेग्मी र सन्त श्री निवास आचार्यले सभालाई सम्बोधन गरेका थिए ।

उनीहरुले हिन्दु राष्ट्र कायम नभएसम्म आफूहरुको अभियान र आन्दोलन नरोकिने चेतावनी दिए। उनीहरुले हिन्दु धर्मको रक्षाका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार रहेको बताएका थिए। आफूहरु हिन्दु धर्मका पक्षमा अहिंसात्मक आन्दोलनमा लागेको तर आफूहरुलाई दमन गर्न खोजिए मार्न र मर्न पनि तयार हुने सन्त आचार्यले बताए । उनले सरकारले आफूलाई जबरजस्ती अनसनबाट हटाएको बताउँदै रत्नपार्कमा फेरी अनसन सुरु गर्ने घोषणा गरे। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z