प्रचण्ड र ओलीबीच मुख नछाड्ने सहमति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पुष १०, काठमाडौं ।
Advertisement ?
वाकयुद्धमा उत्रिएका एमाओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच एक अर्कोप्रति आलोचना नगर्ने सहमति भएको छ । एक अर्कामा आरोप–प्रत्यारोप गर्दा संविधान निर्माणको कार्यमा अन्यौलता थपिएको भन्दै दुवै नेता जिम्मेवार भएर प्रस्तुत हुने सहमति भएको हो ।
प्रधानमन्त्री निवास वालुवाटमा प्रचण्ड र ओलीबीच भएको भेटमा दुई नेताबीच ओलाचना गरेर सहमति नहुने भन्दै मिलेरै अगाडि जाने सहमति भएको जनाइएको छ ।
दुई नेताबीच मुख नछाडने सहमति भएपछि प्रधानमन्त्री कोइराला र प्रचण्डबीच आज वालुवाटरमा छलफल भएको छ । दुई नेताबीच वार्ता गराएका कोइरालाले दुवै नेतालाई आलोचना होइन सहमति र सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्दै आएका छन् ।
प्रधानमन्त्री र प्रचण्डबीच भएको एक घण्टा लामो भेटमा दुई नेताबीच दलहरुबीच चिसिएको सम्बन्ध सुधार गरेर विवादित विषयमा सहमतिबाटै टुङग्याउनु पर्ने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव चुडामणि खडकाले बताए । प्रधानमन्त्री कोइरालाको आग्रहमा आज अपराह्न चार दलको बैठक बस्ने भएको छ ।

###
0 comments
Write Down Your Responses