भारत फर्केर मोदीले नेपालबारे यसो पो भनेछन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं,मंसिर १७ – दोस्रोचोटि नेपाल आएकै दिन एमाओवादी र मधेसीको नामै किटेर बहुमतीय होइन,सहमतीय प्रक्रियामा जान कांग्रेस–एमालेलाई सार्वजनिक सल्लाह दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भने जुनसुकै सर्तमा माघ ८ गतेभित्रै नेपालमा संविधान जारी हुनुपर्ने प्रसंग कोट्याएका छन् । अस्ति सोमबार बिहान एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमै यस्तो सन्देश सुनाइएको हो ।
मोदीले दक्षिण भारतको एउटा कार्यक्रमलाई सम्बोधन गर्दा नेपाल मामिलाबारे उल्लेख गरेका रहेनछन् । सोही अवसरमा ओलीले सन्देशबाहकलाई बताए,‘संघीयताको मामिलासहित संविधानका सबै विषय ८ माघभित्रै टुंगिन्छन्,नत्र त्यो काम अर्को आयोगले गर्नेछ ।’ यही प्रयोजनका निम्ति अर्को संविधानसभाको चुनाव नहुने पनि ठोकुवा गरे । उनको ठाडो प्रश्न थियो,‘इण्डियामा संविधानसभा सफल भयो ?बिल्कुल भएन । बरु त्यसले पाकिस्तान जन्मायो । त्यो घाउ त्यत्तिकै निको भएन ।
बरु त्यसले बंगलादेश बन्नेगरी पाकिस्तान टक्रायो ।’ रुसमा समेत संविधानसभाबाट पार नलाग्दा लेनिनले एकप्रकारको ‘कु’ नै गर्नुपरेको समेत सुनाउन भ्याए । ओलीको कठोर बाणी थियो,बरु उत्तर–दक्षिण चिरेर एक प्रदेश थपिन्छ तर जातीय राज्य मरिगए मानिन्नँ । यो–यो कुरा समाबेश हुनेगरी ८ माघमै संविधान जारी गर्न राजी छौं भनेर हस्ताक्षर गराउने र सो कुरा मान्न तयार हुनेसँग मिलेर राष्ट्रिय सरकार बनाइनेसमेत बताएको आजको जनआस्था साप्ताहिकमा खबर छ ।
###
0 comments
Write Down Your Responses