उपत्यकामा १६ सहित ६१ नगरपालिका थपिए (सूची सहित) सात उपमहानगरपालिका थप्ने तयारी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१६ मंसिर, काठमाडौं । नेपालमा थप ६१ वटा नगरपालिका थपिएको छन् । यससँगै नगरपालिकाको संख्या १९१ पुगेको छ ।
मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले ६१ वटा नयाँ नगरपालिका थप्ने निर्यण गरेको स्थानीय विकास मन्त्रालय स्रोतले अनलाइनखबरलार्इ जनाएको छ । थपिएका नगरपालिकामा काठमाडौंमा १० बटा छन् भने भक्तपुरमा ४ र ललितपुरमा तीन छन् ।
५ वटा खस्वीकृत
६६ नगरपालिका सिफारिस गरिएको मध्ये पाँच वटा अस्वीकृत भएका छन् । ललितपुरको बज्रबाराही, स्याङ्जाको गल्याङ, तनहुँको भिमाद रिसिङ र भानु तथा बर्दियाको बबै भने अस्वीकृत भएका छन् ।
सात उपमहानगरपालिका थप्ने तयारी
सरकारले सात उपमहानगरपालिका थप्ने तयारी गरेको छ । हाल ललितपुर, बिराटनगर, वीरगञ्ज र पोखरा गरी चार उपमहानगरपालिका छन् ।
स्थानीय विकास मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार इटहरी, धरान, जनकपुर, हेटौंडा, भरतपुर, बटाैंली र नेपालगञ्जलार्इ उपमहानगरपालिका बनाउने तयारी छ ।

###
0 comments
Write Down Your Responses