प्रहरी दमनमा झाको मृत्यु भएको भन्दै भोलि पनि मधेस बन्द
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

काठमाडौं, पुस २८ - जनकपुरमा ३० दलीय मोर्चाले गरेको बन्दमा प्रहरीले कुटेर आन्दोलनकारी राजाराम झाको हत्या गरेको आरोप लगाउँदै मंगलबार थप एक दिन मधेस बन्दको आहृवान गरिएको छ ।


मोर्चाको तर्फबाट संयोजक पुष्पकमल दाहालले विज्ञप्ती जारी गर्दै मंगलबार पनि मधेस, तराई, थरुहट, थारुवान बन्दको अपिल गरेका छन् । दाहालले धनुषामा प्रहरीले कुटेर झाको मृत्यु भएको दाबी गरेका छन् ।

दाहालले झालाई सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति दिन र घटनाको छानबिन गरी दोषिलाई कारबाही गर्न माग गरेका छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z