मिर्गौलाको पत्थरी कसरी हुन्छ? यसबाट बच्न के के उपाय गर्ने त ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मिर्गौलाको पत्थरी हुने रोगबाट अहिले धेरै मानिसहरू पिडित हुने गर्दछन । यो रोग ४० देखि ७० बर्षसम्मका पुरुषहरूमा बढी देखिएको छ । त्यस्तै महिलाहरू भने ५० बर्ष पछि यसले शिकार बनाउने गरेको पाइएको छ । यो पत्थरीको समस्या दोहोरिने हुनाले मानिसहरूले यसबाट बच्नका लागी खानपानमा बिशेष ध्यान दिनुपर्ने कुरा डक्टरहरूले बताउने गर्दछन । यो रोगको एकपटक उपचार गराइसकेका करीब २० प्रतिशतमा ३ बर्षमा , ३० प्रतिशतमा ५ बर्षमा र ७० प्रतिशतमा २० बर्षभित्रमा फेरी पत्थरी दोहोरिने गर्दछ ।
शरीरमा पानीको अभावका कारणले गर्मी ठाउँमा मानिसमा मिर्गौलाको पत्थरी बढ्ता रूपमा देखिने गर्दछ । पत्थरीका रोगीहरू धेरै समस्यामा भएपछि मात्र डक्टरहरूकोमा जँचाउन पुग्दछन, जसका कारण यसले जटिल रूप लिन पुग्दछ । मिर्गौलामा क्याल्सियम, फोसफेट, अक्जालेट र युरिक एसिड गरी चार प्रकारका पत्थरी हरू हुने गर्दछन । त्यस्तै अदुवा आकारको पत्थरी भने मिर्गौलामै टाँसिएको हुन्छ भने कुनै मास वा चामलको गेडा आकारका स–साना समेत हुने गर्दछन ।
गर्मीको समयमा पसिनाको रूपमा बाहिरिने पानीको पूर्ति नहुँदा मानिसहरूको शरिर सुक्खा भएर पिसाबमा भएका विभिन्न तत्वहरूको घनत्व (कन्सन्ट्रेसन) बढ्छ । यी तत्वहरू ढिक्का बनेर पत्थरीको रूप लिने गर्दछन । अमेरिकन फाउण्डेशन फर युरोलोजिक डिजिजले जनाए अनुसार चर्को घाममा काम गर्ने तथा पानी वा अन्य तरल पदार्थ कम खाने मानिसहरूलाई मिर्गौलाको पत्थरी बढ्ता हुने गर्दछ । त्यस्तै, विशेषगरी पानीको कमी र उच्च सोडियमयुक्त खानाले समेत मानिसहरूमा पत्थरी बढाउँने गर्दछ ।
मानिसको पिसाबमा हुने पोटासियम, म्याग्नेसियम, भिटामिन सी र बी–६ ले पत्थरी हुन दिंदैन । शरीरमा पानीको कमी बाहेक पिसाब नली थुनिनु, संक्रमण हुनु, हप्तौंसम्म एकै ठाउँमा बसिरहनु, खानामा क्याल्सियम, अक्जालेट, युरिक एसिड, भिटामिन डीको मात्रा बढ्नु, केही औषधिको गलत प्रयोग र अन्य रोगहरूका कारणले पनि मिर्गौलामा पत्थरी हुने गर्दछ । अमिलो फल वा पेयले पत्थरीको समस्या घटाउँछ भने भिटामिन सीको चक्कीले यसलाइ बढाउने गर्दछ ।
मिर्गौलामा बनेको पत्थरीको लक्षण र उपचार
मिर्गौलामा बनेको पत्थरी टुक्रिएर साँघुरो पिसाब नलीमा आइपुग्दा मानिसहरूलाइ असह्य पीडा हुने गर्दछ । पत्थर सर्दै पिसाब थैलीमा पुग्दा क्षण–क्षणमा पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने गर्दछ । मिर्गौलामा पत्थरी हुँदा एकापट्टिको मिर्गौलामा वा पछाडि एक्कासी पीडा हुने, पिसाबमा रगत देखिनुका साथै वाकवाकी लाग्ने, रिंगटा लाग्ने, उल्टी आउने आदि हुने गर्दछ । त्यस्तै, ढाड, मिर्गौलाको वरिपरि र तल्लो पेट पनि साह्रै दुख्ने गर्दछ । पत्थरीको कारणले पिसाब नलीको संक्रमण हुन गई कामज्वरो समेत आउने गर्दछ ।
यदि यस्तो समस्या भएमा तुरुन्तै उपचार गराउनु पर्दछ । डाक्टरले पत्थरको संख्या, प्रकृति तथा अवस्थिति हेरेर उपचारको विधि तय गर्दछन । यसका लागी उपचारमा शल्यक्रिया नै चाहिन्छ भन्ने छैन, तर पत्थर ठूलो रहेछ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । ६ मिलिमिटर भन्दा साना पत्थरहरूलाई प्रशस्त पानी वा अन्य झोल खानेकुरा खाएर पिसाबबाट बगाउन सकिन्छ । औषधि सेवनबाट यो समस्याको स्थायी समाधान हुँदैन। चिकित्सा विज्ञानमा आएको पछिल्लो प्रविधिले पत्थरीको उपचारलाई सहज बनाएको छ। लिथोटि्रप्सी प्रविधिमा चिरफार नगरी उच्च आवृत्तिका ध्वनि तरङ्गबाट पत्थरी फुटाएर पिसाबबाट बाहिर निकालिने गरिन्छ ।
त्यस्तै पिसाब नली फुलेको अवस्थामा पिसाबको बहाव सुचारु पार्न पेटमा सानो प्वाल बनाई सीधै मिर्गौलाबाट पिसाब निकाल्ने प्रक्रिया (पीसीएनएल प्रविधि) अपनाउने गरिन्छ । पिसाब थैली वा नलीभित्र पत्थरी छ/छैन भनेर हेर्ने सिस्टास्कोपी वा युरेटेरोस्कोपी प्रविधि आएको छ। यस्तो प्रविधिबाट पत्थरीको उपचार गराएका बिरामी केही दिनमै नियमित काममा फर्किन सक्दछन ।
मानिसहरूमा हुने पत्थरीको पनि प्रकार फरक हुने गर्दछ । क्याल्सियम प्रकारका पत्थरी भएकाहरूले कोदो, दूध, दुग्ध पदार्थ, माछा, सागपात कम खानुपर्छ भने फोसफेट प्रकारका पत्थरी भएकाहरूले भरसक मकै, दाल, गेडागुडी, तिल, केरा, बदाम, गाजर, माछामासु, अण्डा, दूध, चिज, कलेजो भने खान नहुने डक्टरहरूले बताएका छन । कोकको प्रयोग बिल्कुलै गर्न हुँदैन ।
यस्तै, अक्जालेट प्रकारका पत्थरी भएकाहरूले चिया, कफी, बियर, चकलेट, अमला, अंगुर, कागती, काजु, पिंडालु, सखरखण्ड, पालुङ्गो, रायो साग, बन्दा, काउली, गोलभेंडा, भान्टा, रामतोरिया, तोफु आदि खानबाट जोगिनुपर्छ। यसैगरी, युरिक एसिड प्रकारका पत्थरी भएकाहरूले माछामासु, अण्डा, कलेजो, फोक्सो, मिर्गौला र गिदी खानुहुँदैन। मिर्गौलाको पत्थरी भएकाहरूले ग्यास्ट्राइटिस विरुद्ध खाइने एन्टासिड झोल पनि कम गर्नुपर्छ।
त्यस्तै, क्यानेडियन किड्नी फाउण्डेशनले घण्टैपिच्छे एक एक गिलास पानी खाने सुझाव दिएको छ । कफी, चिया, कोक आदिको साटो कागती, अदुवा पानी खाएर मिर्गौलामा पत्थरी हुने सम्भावना घटाउन सकिने कुरा बताइएको छ । त्यसैले आजैदेखि सावधान हुनुस र पथ्थरी हुनबाट जोगिनुस ।

###
0 comments
Write Down Your Responses