माइक्रोम्याक्सले ल्यायो शक्तिशाली ब्याट्रीसहितको मोबाइल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी: भारतीय कम्पनी माइक्रोम्याक्स क्यानभास सिरिजको नयाँ मोबाइल सार्वजनिक गरेको छ । माइक्रोम्याक्स क्यानभास ह्यु नाम दिइएको यो स्मार्टफोनको ब्याट्री एक पटक चार्ज गरेपछि ३० दिनसम्म टिक्ने दाबी क्मपनीले गरेको छ ।
भारतीय बजारमा १७ हजार ५ सय ९८ नेपाली रुपैयाँ पर्ने यो सेटलार्इ यसै साताको अन्त्यमा अनलाइन र अफलाइन विक्रीका लागि बजारमा पठाउने तयारी भएको छ । भारतीय बजारमा पठाएसँगै यो सेट केही हप्तामै नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।
यो फोनमा ३ हजार एमएएचको शक्तिशाली ब्याट्री राखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार माइक्रोम्याक्स क्यानभास ह्युले दिनको ब्याट्री ब्याकअप राख्ने क्षमता राख्छ । फोनलार्इ सुपर पावर सेभिङ मोडमा राखेर चलाउँदा यसले त्यति लामो ब्याट्री ब्याकअप दिने बताइएको छ ।
यो फोन एन्ड्रोइड ४.४.२ टिकट्याकबाट सञ्चालित हुन्छ । यसलार्इ एन्ड्रोइड ५.० ललिपपमा अपग्रेड गर्न सकिने सुविधा समेत छ। यो सेटमा माइक्रो सिमसहित जिएसएमको डबल सिम चलाउन
सकिन्छ ।
यसमा ५ इन्चको एचडी (७२०x२८० पिक्सेल) डिस्प्ले रहेको छ । क्यानभास ह्युमा १.३ गिगाहर्ज क्वार्कोड प्रोसेसर, माली ४५० जीपीयु, १ जीबी र्याम र ८ जीबी इन्टरनल स्टोरेज क्षमता छ । यसमा ३२ जिबीसम्मको माइक्रो एसडी कार्ड राख्न सकिन्छ ।
फोटो खिच्नेका लागि यो मोबाइल मध्यम खालको हो । यसमा एलईडी फ्ल्यासहितको ८ मेगापिक्सेलको अटोफोकस क्यामेरा रहेको छ । यसमा २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
यसमा थ्रीजी, जीपीआरएस/एज, वाईफाई, माइक्रोयुएसबी र ब्लुटूथ राखिएको छ । यो फोन अहिलेलार्इ रातो र सेतो रंगमा उपलब्ध हुने भएको छ।

###
0 comments
Write Down Your Responses