'माघ ८ पछि तेस्रो जनआन्दोलन'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पाल्पा : नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले माघ ८ पछि जनताका लागि निर्णायक जनआन्दोलन हुने बताएका छन्। उनले संविधानसभा जनतालाई झुक्याउन निर्माण गरिएको दाबी गर्दै मुलुकको राजनीतिक समस्या समाधान गर्न सर्वपक्षीय राजनीतिक सभाबाहेक अर्को विकल्प नभएको जिकिर गरे।
कार्यकर्ता भेला र क्षेत्रीय पार्टी प्रशिक्षणका लागि पाल्पा आएका थापाले मंगलबार साँझ आयोजित पत्रकारसम्मेलनमा भने, 'अबको आन्दोलन अग्रगामी ढंगबाट हुन्छ।
त्यो बेला सबै कम्युनिस्ट एकजुट हुनेछन्। त्यसको नेतृत्व माओवादीले गर्नेछ। आन्दोलनको जगमा सर्वपक्षीय राजनीतिक सम्मेलन भई त्यसले पहिचानसहितको गणतान्त्रिक संविधान निर्माण गर्नेछ।'
महासचिव थापाले विप्लवहरूले अत्यन्त छिटो क्रान्ति गर्ने ध्येय राखेर पार्टी विभाजन गरेको आरोप लगाए। पुष्पकमल दहाल र बाबुराम भट्टराईहरू आत्मसमर्पणवादी भएका कारण मोहन वैद्यको नेतृत्वमा आफूहरूले पार्टी खोलेको प्रसंग थापाले दोहोर्याए।

###
0 comments
Write Down Your Responses