एउटै गाविसमा फल्यो १ करोडको सुन्तला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पाल्पा:  पाल्पा जिल्लाको छहरा गाविस–५ स्थित अम्लाबासका सुन्तला किसान लाखौँ आम्दानी गर्न सफल भएका छन् ।

पैँतीसदेखि ४० घरपरिवारले सुन्तलाबाट मात्र दुई लाखदेखि  चार लाख आम्दानी गरेका छन् । सुन्तालाखेती राम्रो आम्दानीको स्रोत बनेपछि यहाँका किसानको प्रमुख व्यवसाय बनेको छ । छहरा गाविस–५ अम्लाबासबाट मात्र एक करोडबराबरकोे सुन्तला जिल्ला बाहिर निकासी हुँदै आएको किसान नित्यानन्द पोखरेल बताए ।


सुन्तलाखेतीको भण्डार भनेर परिचित पाल्पा अम्लाबासका किसानले सुन्तलाबाट दुई लाखसम्म गत वर्षमा आम्दानी गरेका थिए । यसवर्ष पनि सुन्तला राम्रो उत्पादन भएका कारण दुई लाखदेखि  तीन लाख आम्दानी हुने बताइएको छ ।

सुन्तला प्रतिकिलो ६० देखि ८० रुपैयाँ सम्म बिक्री हुँदै आएको छ । चैत, वैशाख महिनासम्म सुन्तला राख्न सकेको अवस्थामा दोब्बर आम्दानी हुने पोखरेल बताए । गाउँमा फलेका सुन्तला रूपन्देही, नवलपरासी, कपिलवस्तु, नेपालगन्ज, काठमाडौँ   लगायतका जिल्लामा पुग्ने गरेको किसानको भनाई छ ।

सुन्तलाले पाल्पा जिल्लाका छहरा–५, अम्लाबासमा यसवर्ष झन्डै एक करोडको सुन्तला निकासी गर्ने तयारीमा किसान लागेका छन् । एउटा सुन्तलाको बोटमा दुई हजार सुन्तला फल्ने गरेको छ ।


छहरा–६ तीनधारेबाट पनि यसवर्ष झन्डै २० हजार सुन्तला निकासी गर्ने तयारीमा किसान लागेको स्थानीय ज्ञानप्रसाद पोखरेलले बताए । सुन्तलाबाट आम्दानी भएको रकमबाट वर्षदिनको खर्चसमेत किसानले जुटाउने गर्छन् । आम्दानीको मुख्य स्रोत नै सुन्तलाखेती हो । यस वर्ष राम्रो उत्पादन भएपछि किसान खुसी बनेको पोखरेल बताउछन्

जिल्लाको छहरा, मुझुङ, कुसुमखोला, भैरवस्थान, भुवनपोखरीलगायतका गाविस सुन्तला उत्पादित क्षेत्र हुन् । यी गाविसमा पाल्पा जिल्लामा नै बढी सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z