'मेहनत गरेर पैसा कमाउन विदेश जानै पर्दैन'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वीरगन्ज: पढेलेखेर जागिर खानैपर्ने र पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने होइन, परिश्रम गर्नसके गाउँमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण चितवनकी एक महिलाले देखाएकी छन् ।
भरतपुर नगरपालिका–५ लक्ष्मीपुर चितवनकी झरना बराल बिएड्मा पढ्दै छिन् तर जागिर गर्नुभन्दा परिवार र समाजको आर्थिक रूपान्तरणका लागि पशुपालन व्यवसाय गरिरहेकी छिन् ।
पशुपालन व्यवसाय सुरु गरेपछि उनले जागिरे जीवनभन्दा राम्रो आम्दानी गर्न सफल भएकी हुन् । पढेलेखेर जागिर नपाएका कारण निरास बनेर बिदेशिन बाध्य युवायुवतीलाई स्वदेशमै कृषि पेसामा लागेर मनग्ये आम्दानी गर्न सकिने उदाहरण दिन उनले जागिरभन्दा पनि पशुपालन व्यवसाय सुरु गरेको वताइन् ।
पशुपालनमा गरेको लगानीले अन्य पढेलेखेका बेरोजगार युवालाई समेत वैदेशिक रोजगारमा जाने चाहनामा परिवर्तन गराएको छ । रोजगार कोष÷हेल्भेटासको सहयोगमा कान्तिपुर बहुप्राविधिक शिक्षालय भरतपुरबाट पशुपालनसम्बन्धी निःशुल्क तालिम लिएपछि उनले व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेकी हुन् ।
यसका लागि आफ्नै जग्गामा अत्याधुनिक गोठ बनाएर आफू बसेको ठाउँकै नाममा लक्ष्मीपुर बाख्रा फार्म नाम राखेकी छिन् । बाख्रापालनका लागि १५ कट्ठा जग्गामा तारजालीले घेरेर ५० देखि १०० वटासम्म बाख्रा अटाउने गोठ बनाएको छु, उनले भने यो, “बाख्रा चरणका लागि एक बिगाहाभन्दा बढी जग्गामा घाँस पनि रोपेकी छु ।”
झरनाका अनुसार, बाख्रापालन र घाँस खेतीमा झन्डै रु १० लाख लागेको छ । गोठमा ५० वटा बाख्रा राखेर व्यवसाय सुरु गरेकी राल बिस्तारै बाख्रा बढाउँदै लगिने योजनामा छन् ।
अहिलेसम्म यो व्यवसायमा झन्डै रु २५ लाख लगानी भएको छ । बाख्राको रेखदेख र स्याहारसुसारका लागि मासिक पाँच हजारदेखि सात हजारसम्म तलब दिएर तीनजना कामदारलाई रोजगार पनि दिएको उनि बताउछिन् ।
“अहिले लगानीको चरणमा रहेकाले नाफा हेरेका छैनौँ”, बराल भन्छिन् “बाख्राका लागि अहिले आवश्यक पर्ने अत्याधुनिक गोठ, पिउने पानीका लागि बोरिङ र पानी तान्ने मोटरपम्प जडानलगायतका सबै भौतिक पूर्वाधार निर्माणमै खर्च गरिरहेकी छु । ”
“सुरुको वर्ष भएकाले अहिले आम्दानीभन्दा पनि लगानी बढाउनमा नै खर्च भएको छ”, बरालले भन्छिन्, “यसबाट सबै खर्च कटाएर वार्षिक झन्डै रु पाँच लाखभन्दा बढी आम्दानी हुने विश्वास लिएकी छु ।”
अहिलेसम्म राम्रै भएको छ, उनले भनिन्, “आफ्नै गाउँघरमा बसेर थोरै दुःखमा राम्रो आम्दानी गर्न सकिन्छ, त्यसका लागि कष्ट र दुःख सहेर विदेश जानुपर्ने आवश्यकता छैन ।
हिम्मत र मेहनत गर्न सक्यो भने पैसा कमाउन बिदेसिनु पर्छ भन्ने होइन, स्वदेशमै बसेर पनि विदेशभन्दा राम्रो कमाउन सकिन्छ भन्ने सन्देश नेपाली युवामा पनि दिन खोजेकी छु”, उनि भन्छिन् ।
“आम्दानी र रोजगारीको मुख्य बाटो मैले रोजेकी छु”, बरालको भनाइ छ – “व्यावसायिक रूपमा बाख्रापालन गरेर आफ्नो आयआर्जन वृद्धि गर्नुका साथै गाउँमा अरूलाई रोजगारी दिइने उद्देश्य राखेकी छु । अहिले उनलाई काममा भ्याइनभ्याई भएको छ । ”
“यो पेसाबाट म पूर्णरूपमा सन्तुष्ट छु । मेरो भविष्यको योजना भनेको यो फार्मलाई नेपालकै एउटा नमुना फार्मका रूपमा विकास गर्ने र आफूलाई महिला उद्यमीका रूपमा स्थापित गराउनु पनि हो उनको कथन छ ।”
![]() |
फोटो :फाइल तस्बिर |

###
0 comments
Write Down Your Responses