संविधानसभाको तोडफोड छानविन गर्न समिति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं: सोमबार मध्यराति संविधानसभाको बैठकमा सांसदहरुले गरेको तोडफोडको छानविन गर्न संसद सचिवालयले समिति गठन गरेको छ। तोडफोडको छानविनका लागि संसद सचिवालयका महासचिव मनोहारप्रसाद भट्टराईको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको हो।
एमाओवादी र मधेसवादी दलका सभासदहरुले गरेको तोडफोडका क्रममा करिब ३० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको विवरण संसद सचिवालयले सार्वजनिक गरेको छ।
संविधान निर्माणलाई प्रक्रियामा अघि बढाउन सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिका सभापति चीनकाजी श्रेष्ठलाई रोष्ट्रममा बोलाउनेबित्तिकै विपक्षी सभासदहरु तोडफोडमा उत्रेका थिए।
सभासद्हरुले कुर्सी, टेबल, माइक्रोफोन र टीभी स्क्रिन समेत तोडफोड गरेका थिए । तोडफोडमा उत्रेका सभासद्लाई रोक्ने क्रममा तीनजना मर्यादापालक समेत घाइते भएका थिए।

###
0 comments
Write Down Your Responses