भाइ र छोरीसँग मिलेर आमाले नै गरिन् अर्की छोरीको हत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फाइल तस्बिर
प्यूठान- आमा नै छोरीको हत्यारा बनेपछि अब कसको भरोसा रह्यो र यो सृष्टिमा? कसलाई के थाहा आमाले हत्या गर्न घाँटी समाउलिन्, दिदीले मुख र मामाले खुट्टा समात्दै क्याँप्लान् भन्ने! तर प्यूठानमा यी तिनै जना मिलेर आफ्नै परिवारको एक सदस्यलाई चरम यातना दिई हत्या गरेका रहेछन्। आफ्नै कोखबाट जन्मेकी सहोदर छोरीलाई एक निर्दयी आमाले हत्या गरेको घटनाबारे गत वर्ष जिल्ला प्रहरीमा उजुरी परेको थियो।
सदरमुकाम खलंगा–९, बुढाचौर निवासी अंगुरी भनिने तुलसीदेवी सुनारले आफन्तको सहयोगमा आफ्नै छोरी किरणको हत्या गरेको जिल्ला प्रहरीमा जाहेरी परेको थियो। आफ्नै कोखमा हुर्केकी छोरीलाई हत्या गरी भारत गएकी आमा गत वर्ष पुनः आफन्त भेट्न भन्दै गाउँ आउँदा छोरी किरण नलिइ आएपछि यो घटना बाहिर आएको हो। सो बेला करिब १० दिन गाउँ बसेकी उनले घरभित्र सडेगलेका मानव हडि्जस्तै देखिने कंकाल घरनजिकै खर्या नमा लगी जलाएको र छोरीसमेत एक वर्षसम्म कसैको सम्पर्कमा नरहेकाले त्यो उसैको छोरी हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई सुराक दिएका थिए।
घरमा एक्लै बस्दै आएकी सासु फुर्सिदेवीलाई बन्द कोठामा अरु कसैलाई पस्न नदिनु र नखोल्न समेत बुहारी अंगुरीले भनेपछि उनको मृत लास एक वर्षसम्म बन्द कोठामा थुनिएको अवस्थामा थियो। झण्डै २ वर्ष पहिले हत्या भएको घटना २०६९ असार ५ मा आफन्तबाटै हत्याको रहस्य खुलेको हो। घटना भएलगत्तै प्रहरीले मृतकको मामा नाता पर्ने लक्ष्मण र दिदी कुसुमको सहयोगमा घरमै कर्तब्य गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको प्रहरीले सार्वजनिक गरेको थियो।
सो बेला घटनामा आरोपितहरुले आफूहरुले हत्या गरेको बताए पनि कारण भने खुलाएका थिएनन्। अझै पनि खुलेको छैन। किरण हत्याका अभियुक्त तिनै जना थप अनुसन्धानका लागि भन्दै एक वर्षदेखि पुरपक्षका लागि जिल्ला कारागामा थुनामा थिए। यो हत्याका आरोपितहरुलाई जिल्ला अदालत प्यूठानले दोषी ठहर गर्दै मुद्दा फैसला गरेको छ।
उक्त घटनामा संलग्न ४२ वर्षीया आमा तुल्सीदेवी, २१ वर्षीय दिदी कुसुम र २२ वर्षीय मामा लक्ष्मणलाई दोषी ठहर गरेको हो। जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायको मंगलबार बसेको एकल इजलाशले हत्यामा प्रत्यक्ष संलग्न रहेको भन्दै आमा र दिदीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो भने हत्यामा सघाएको भन्दै मामा लक्ष्मणलाई जन्मकैदको सजाय सुनाएको हो।
उनीहरुले अदालतको बयानमा ०६९ असार २६ गते १६ वर्षीय किरणको हत्या गरेको बताएका छन्। बयानअनुसार किरणको हत्यापछि उनीहरुले सुत्ने कोठामा एक वर्षसम्म थुनेर राखेका थिए। घटनाबारे जिल्ला प्रहरी कार्यालय प्यूठानमा ०७० असार ९ गते सासु फर्सिदेवीले जाहेरी दिएकी थिइन् भने साउन ३ गते अदालतमा मुद्दा दर्ता भएको थियो। भारतको मध्यप्रदेश पुलिसलाइन नेहरुनगर भुपालमा बस्दै आएका उनीहरु २०६९ जेठमा सपरिवार आफन्त भेट्न गाउँ आएका बेला छोरी किरण फर्कन नमानेपछि आवेगमा हत्या गरेको बताएका थिए।
'बयानको क्रममा अभियुक्तहरुले घटना स्विकारेपनि हत्या गर्नुको कारण खुलाएका छैनन्,' जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले नागरिकन्युजसँगको कुराकानीमा भने, 'छोरीले दैवी शक्ति आएको र देवी बनेर गाउँमै कुटी बनाएर बस्छु, भारत जान्न भन्ने ढिपीले आवेगले रिसमा हत्या भएको आमाले बताएकी थिइन्।' यसबाहेक अन्य कारण खुलेको छैन। आफ्नै छोरी, बहिनी र भान्जीलाई एकैसाथ मार्नका लागि यतिमात्रै कारण पर्यावप्त नभएको बताउँदै कानुन ब्यवसायीहरुले अन्य रहस्य नखुलेको बताए।

###
0 comments
Write Down Your Responses