कलंकीको एक स्थानमा खोलाको दुषित पानी, मैन र चिनी मिलाई कृत्रिम मह बनाउने गरेको पाईएको छ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कलंकीको एक स्थानमा खोलाको दुषित पानी, मैन र चिनी मिलाई कृत्रिम मह बनाउने गरेको पाईएको छ । स्थानीय मैत्रीनगर युवा क्लवका सदस्यहरुले उक्त स्थल कव्जामा लिई सार्वजनिक गरेका छन् । उक्त स्थलमा लामो समयदेखि फोहोर पानीको प्रयोग गरि मह उत्पादन हुदै आएपनि कसैले प्रशासनले खासै चासो दिएको थिएन् । पटक पटक आग्रह गर्दापनि प्रहरी प्रशासन मुकदर्शक भएपछि स्थानीय मैत्री युवा क्लवका सदस्यहरुले उक्त स्थल कव्जामा लिई सञ्चार माध्यमका अगाडि सार्वजनिक गरेका हुन् । फोहोर पर्दाथहरुको प्रयोग गरी मह उत्पादन हुदै आएको जानकारी गराँउदापनि प्रशासनले कुनै सुनुवाई नगरेपछि आफुहरुले वाध्य भएर उक्त घृणित कार्यलाई रोक्नुपरेको मैत्री युवा क्लवका मेघराज खड्काले वताउनुभयो । उक्त स्थानमा मर्न लागेका बिभिन्न चौपायाहरुलाई ल्याई काटकुट गरी विक्री गर्ने गरेकोपनि पाईएको छ । त्यस कार्यमा संलग्नहरुलाई प्रहरी अझैसम्मपनि कारवाही गर्न नसकेकोमा स्थानीयले गुनासो गरेका छन् ।
###
0 comments
Write Down Your Responses