लौ हेर्नोस् बन्दकर्ता र बन्दविरोधीको बाझाबाझ (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
२९ पुस, काठमाडौं । संविधान बनाउने माघ ८ को समयसीमा नजिकिँदै जाँदा सडकमा बन्द, हडताल र दोहोरो मुठभेडको खतरा बढेको छ । मंगलबार नयाँ बानेश्वर चोकमा बन्दकर्ता र बन्दको अवज्ञाकर्तावीच झण्डै दोहोरो भिडन्त भयो । अन्य स्थानमा पनि दोहोरो मुठभेडको खतरा बढेको छ ।
विपक्षी दलले गर्ने बन्द र हडतालको विरोधमा सर्वसाधारण नागरिकको आड लिँदै सत्तापक्षले नै योजनावद्ध रुपमा प्रतिकारको तयारी गर्न थालेपछि मुलुक मुठभेडको डरलाग्दो सुरुङतिर फस्न लागेको संकेत देखिन थालेका छन् ।
मंगलबार बिहान नयाँ बानेश्वर चोकमा बन्दको अवज्ञा गर्ने नारा लगाउँदै राष्ट्रिय झण्डा बोकेर केही युवाहरु उत्रिएका थिए । उनीहरु कतैबाट परिचालित नभई स्वस्फूर्तरुपमा आएकाजस्ता देखिन्थे ।
भिडियो
तर, उनीहरु र नजिकै रहेका बन्दकर्तावीच भनाभन र धकेलाधकेल भयो । दुईपक्षीय मुठभेडलाई रोक्न प्रहरीलाई हम्मेहम्मे पर्यो । यस्तै घटना राजधानीका अन्य ठाउँमा पनि भए । प्रहरीले पूर्वनिर्धारित बन्दका कार्यक्रममा त्यसरी सडकमा नउत्रिदिन र हटिदिन आग्रह गरिरहेको थियो भने बन्दकर्ताहरु संविधानमा आफ्नो हक सुनिश्चित गर्न राजनीतिक कारणले सडकमा उत्रेको जिकिर गरिरहेका थिए ।
‘से नो टु बन्द’ भन्दै सामाजिक सञ्जालमार्फत आह्वान गरेर सडकमा निस्किएका बन्द विरोधीहरुलाई प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको माओवादी कार्यकर्ताले नयाँ बारनेश्वरमा लखेटेका हुन् ।
बन्दको बिरोध गर्न स्वतस्फूर्त रुपमा नयाँ बानेश्वरको कृष्ण सदन अगाडि प्लेकार्ड बोकेर जम्मा भएका केही युवालाई आन्दोलनकारीले लखेटेका हुन् ।
उनीहरुमाथि कुटपिट हुन नदिन प्रहरी तैनाथ गरिएकाले कोही पनि घाइते हुन पाएनन् । प्रहरीले बन्दकर्ताको पूर्वनिर्धारित कार्यक्रम हो भन्दै बन्द विरोधीलाई किनारा लाग्न आग्रह गरेका थिए ।
बन्दकर्ताको जुलुसमा वैद्य माओवादीका केन्द्रीय सदस्य दिलिप प्रजापति, प्रचण्डपुत्र प्रकाश दाहाल लगायतको सहभागिता थियो ।
ठाउँठाउँमा बन्दको विरोध
बन्दको विरोधमा माइतीघर र शहीदगेटमा पनि प्लेकार्ड बोकेका युवाहरुले स्वस्फूर्त प्रदर्शन गरेका छन् । उनीहरुले बन्दका विरुद्ध सडकमा उत्रिन सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।
बन्दविरोधीले राजधानीमा मोटरसाइकल र्यालीसमेत निकालेका छन् । उपत्यका बाहिरका जिल्लामा पनि बन्दकर्ता र बन्दिविरोधीका समानान्तर प्रदर्शन भएका छन् ।
त्यस्तै कलंकी, महराजगन्ज, लगनखेल, भक्तपुर लगायतका क्षेत्रमा पनि यस्ता प्रदर्शन भएका छन् । दाङ, रुपन्देही लगायतका जिल्लामा पनि बन्द अवज्ञा गर्दै भित्री बजारहरु खोल्न थालिएका छन् ।
यसैबीच एमाले सम्बद्ध युवा संघ नेपालले बन्दको विरोध गर्न आह्वान गरेको छ । युवा संघले मंगलवार अपरान्ह पत्रकार सम्मेलन गरी बन्दको विरोधमा उत्रिन आह्वान गर्ने र संविधान निर्माणका लागि दबाब दिने युवा संघका सचिव रमेश पौडेलले जानकारी दिए ।
उनले आज देशभरि भएका बन्दको विरोधका प्रदर्शनलाई युवा संघले नैतिक समर्थन दिएको तर, संगठनले प्रतिरोध कार्यक्रम भने तय नगरेको उनले बताए ।
‘बन्द’ र ‘प्रतिकार’ ले मुठभेडको खतरा
नेपाल बन्द र हडतालले राजनीतिक समस्या समाधान नगर्ने भए पनि शान्तिपूर्ण रुपमा गरिने यस्ता बन्द हडतालहरु बहुदलीय व्यवस्थामा रोक्न सकिँदैन । लोकतन्त्रमा कुनै पनि दललाई विरोध प्रदर्शन र हडताल गर्न पाइँदैन भन्न सकिन्न । तर, यस्ता बन्द र हडतालको विरोधमा शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउनु र अवज्ञा गर्नु नागरिकको पनि हक हो ।
यद्यपि अरुले आयोजना गरेको कार्यक्रमको विरोधमा मैदानमा उत्रनु भनेको एक प्रकारको प्रतिकार नै हुन जान्छ । कसैको पनि आलोचना र विरोध गर्न पाइन्छ भन्दैमा खुल्लामञ्चमा आयोजित कसैको कार्यक्रमको विरोधमा छेऊमै उत्रेर भाषण गर्दा प्रतिकार गरिएको ठहरिन सक्छ र त्यहाँ मुठभेडको खतरा रहन्छ ।
बन्दको अवज्ञा, प्रतिकार वा विरोध गर्ने नाममा नागरिक समाजले मुठभेड र बल प्रयोग होइन, शान्तिपूर्ण तरिकाहरु अपनाउनु उपयुक्त हुन्छ । विरोधमा बन्दकर्तालाई लखेट्नेसम्मका अभियान चलाउनु निषेधको राजनीतिकै निरन्तरता हो ।
अझ सत्तापक्षकै भातृ संगठन र मन्त्रीको अगुवाइमा विपक्षी दलको कार्यक्रमको प्रतिकार गर्नु भनेको झडपलाई प्रश्रय दिने कार्य हो । नागरिकले स्वतस्फूर्तरुपमा बन्दको प्रतिवाद वा अवज्ञा गर्नु लोकतान्त्रिक व्यवहार नै हो । तर, सत्तापक्षले नै विपक्षीको प्रतिकार गर्छु भन्नु लोकतान्त्रिक व्यवहार हो कि हैन ? यसमा बहस हुन जरुरी छ ।
जहिलेसुकै बन्द र हडतालको आयोजना गर्ने दलहरुले पनि यस्तो कार्यमा जनताको समर्थन छ कि छैन भनेर बुझ्न आवयश्यक छ । आफ्ना मागहरु पूरा गर्न बन्द हडतालको सहारा लिनुको साटो अर्को विकल्प खोज्न आवश्यक छ कि ?

###
0 comments
Write Down Your Responses