मदिरा सेवन गर्ने पत्नीको जलाएर हत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
धनगढी : कैलालीको जोशीपुर गाविस–८ घुसरी गाउँका महेन्द्र कठरियाले पत्नी मीरा कठरियालार्इ आगो लगाई हत्या गरेका छन् ।
सोमबार राति करिब ११ बजे गहुँको भुसा र मट्टितेल खन्याएर आँगनमा ३३ वर्षीया मीराको शरीरमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले मङ्गलबार राति जनाएको छ ।
सोमबार राति गाउँ नजिकै लागेको मेलामा मदिरा सेवन गरी अबेर राति घर पुगेकी मीरा आँगनमा ढलेको देखेपछि उनका पतिले आवेगमा आएर आगो लगाएको खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक भरत शाहले बताए ।
शरीरमाथि गहुँको भुसा र मट्टितेल खन्याएर आगो लगाएर पत्नतीको हत्या गरेको अभियुक्तले स्वीकारेको प्रहरी निरीक्षक शाहले बताए । यसअघि पनि मदिरा सेवन नगर्न सम्झाउँदा पनि नमानेपछि आवेगमा आई आफूले हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् ।
कठरियाको आँगनमा राति आगो दन्किएको देखेपछि गाउँलेले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुग्दा मीराको मृत्यु भइसकेको थियो । अभियुक्तलाई प्रहरीले हिरासतमा लिएको छ । घटनापछि उनका नाबालक चार छोराछोरीको विचल्ली भएको छ ।

###
0 comments
Write Down Your Responses