बहुउपयोगी निमको प्रयोगबाट हुने फाइदा थाहा पाउनुहोस्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
गाउँघरतिर जताततै सहजै पाइने निम बहुउपयोगी वृक्ष हो । यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग आफै निको भएर जाने जनविश्वास रहिआएको छ । निमको बोट भएको घर आंगनमा विषालु सर्प समेत आउन नसक्ने विश्वास गरिन्छ । यसका साथै निमको अन्य उपयोगिता पनि छ ।


  • –निमको पातको सेवनले रक्त शुद्ध गर्नुका साथै छालाका समस्या आदिमा पनि लाभदायक हुन्छ ।
  • –निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन।
  • –निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ कम हुन्छ।
  • –निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ।
  • –निमको पात हालेर पकाइएको पानी सेवन गर्नाले पेटका किटानु मरेर जान्छ ।
  • –निमको पातको सेवनले घाउ खटिरा समेत निको हुन्छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z