कुखुरा पालेर छोरीलाई स्टाफ नर्स (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सुनसरी, पौष २७ । सुनसरी इटहरी–४ मा एउटा मात्र खुट्टा भएका एक अभिभावकले आफ्नी छोरीलाई कुखुरा पालेर स्टाफ नर्स पढाइरहेका छन् ।
सुनसरी इटहरी–४ का ५० वर्षीय लालबहादुर तामाङले बैशाखीको भरमा कुखुरा पालेर कमाएको रकमले जेठी छोरी एली तामाङलाई स्टाफ नर्स पढाएका हुन् ।
एउटा मात्र खुट्टा भएका लालबहादुर बैशाखीको भरमा कुखुरा पालेर कृषि पेसामा निरन्तर लागेपछि उनी स्थानीय अन्य युवाहरुका लागि प्रेरणका स्रोतसमेत बनेका छन् । ‘मागेरभन्दा काम गरेरै खानु राम्रो भएकाले कुखुरापालन गर्ने गरेको’ उनले बताए । कुखुरा पालनबाटै वार्षिक ४ लाख रुपैयाँसम्म कमाउने गरेको पनि उनले बताए ।
२०४८ सालमा सवारी दुर्घटनामा परी देब्रे खुट्टा गुमाएका लालबहादुर तत्कालीन अवस्थामा सवारी चालक थिए । उनले हाल गिरिराज, जापानीज र केहि लोकल जातका कुखुरा पालेका छन् ।
कुखुरा पालेर कमाएको रकमले जेठी छोरी एली विराटनगरमा स्टाफ नर्स पढ्दैछन् भने कान्छी छोरी एलिना र छोरा एलम्बर इटहरीमै बोर्डिङ स्कुलमा पढ्दै छन् ।

###
0 comments
Write Down Your Responses