चीनले बनायो कृत्रिम सूर्य
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
इन्स्टिच्यूट अफ फिजिकल साइन्सका बैज्ञानिकहरुले हालै हाइड्रोजन ग्यासको प्रयोगबाट ५ करोड डिग्री सेल्सियसको चरम तापक्रम पैदा गर्न सफल भएका हुन् । उनीहरुले १ सय २ सेकेन्डसम्म सो तापक्रम कायम राख्न सफल भएको पनि समाचारमा जनाइएको छ ।
ग्यासको तुलनामा न्यूक्लियर इनर्जी बढी महत्वपूर्ण र प्रभावकारी हुने हुँदा कृतिम सूर्य निर्माण गर्न सफल हुनुले सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने चिनियाँ बैज्ञानिकहरुले विश्वास लिएका छन् ।
अंग्रेजी अखबार मिररको अनलाइन संस्करणका अनुसार चीनका वैज्ञानिकहरुले ५ करोड डिग्री सेल्सियस तापमानलाई त्यो समयसम्म कायम राख्न सफल भए जुन समयसम्म न्युक्लियर फ्युजन च्याम्बरको कोर यो तापमानमा पग्लेर नष्ट हुँदैन ।
वैज्ञानिकहरुका अनुसार अब सूर्यसहितको इन्धनमा हाम्रो निर्भरता समाप्त हुन सक्नेछ किन कि ग्यासमार्फत पैदा हुने न्युक्लियर इनर्जीलाई धेरै मात्रामा प्रयोग गर्न लायक इन्धनमा बदल्न सकिनेछ ।

###
0 comments
Write Down Your Responses