एनसेलले ल्यायो नाईट डेटा प्याक : ईन्टरनेट अब १० पैसा प्रति एमबिमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं– एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्ने भएका छन् । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा कर बाहेक १० पैसा प्रतिएमबिसम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डेटा प्याक’ल्याएको हो ।

बुधवारबाट सुचारु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक नाईट डेटा प्याक खरिद गरी रातको १० बजे देखि बिहान ६ बजेसम्म अझ सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्ने जनाइएको छ । ४० एमवि डेटा रहेको दैनिक नाईट डेटा प्याक ग्राहकले ८ रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ । यो प्याकको समयावधि २४ घण्टा रहेको छ । साथै २५० एमबि डेटा भोल्युम भएको सात दिनसम्म मान्य हुने साप्ताहिक नाईट डेटा प्याकको मूल्य ४० रुपैयाँ रेहको छ भने ग्राहकले १००० एमबि डेटा भोल्युम रहेको मासिक नाईट डेटा प्याक मात्र १ सय रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ । मासिक नाइट डेटा प्याक खरिद गर्दा ग्राहकले अब मात्र १० पैसा प्रतिएमबिमा ईन्टरनेट चलाउन सक्ने जनाइएको छ ।

ग्राहकले यीनाईट प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिनचाहेको प्याकको भोल्युम टाईप गरी स्पेस राखेर अंग्रजीमा ‘एन’ टाइप गरी १७१२३ माएसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ ।

एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकका लागि नाइट डेटा प्याक ल्याउन पाउँदा खुसी लागेको वताएका छन् । यसले रातको समयमा डेटा उपयोग गर्ने ग्राहकलाई विशेष लाभ प्रदान गर्ने उनको विश्वास छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z