माया उत्सव
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भन्थे कबीर- ढाई अक्षर प्रेमको जसले पढ्यो, उही विद्वान हुन्छ। युद्ध, हिंसा, अशान्ति र बेथितिमा नराम्रोसँग जेलिएको यो संसारमा आज केहीको सबैभन्दा तीव्र आवश्यकता छ भने प्रेमकै छ। भ्यालेन्टाइन्स डेे प्रेम र सद्भाव दर्शाउने, प्रकट गर्ने पर्व हो। नेपाली समाजमा पनि प्रणय उत्सवले आफ्नो बलियो प्रभाव स्थापित गरिसकेको छ। नाति पुस्ता मात्रै होइन, हजुरबा पुस्ता पनि प्रेम दिवसको रङमा भिज्न थालेको छ। नेपालीको प्रणय मुड बुझ्ने प्रयत्न गरेका छन्, अम्मर जिसीले।
काठमाडौँ, वसन्तपुरका कपडाव्यापारी ७० वर्षे मुरारीमोहन पन्त यसपालिको प्रणय दिवसलाई विशेष बनाउने योजनामा छन्। चारवर्षअघि उनका नातिले 'भ्यालेन्टाइन्स डे भनेको हजुरआमालाई माया गर्ने दिन' भनिदिएका थिए। त्यसपछि उनको जीवनमा पनि यो दिनले महत्व राख्न थालेको छ। त्यही दिन उनी जीवनसाथीलाई 'जीवनकै पहिलो' उपहारको 'सरप्राइज' दिँदैछन्। 'पोहोर–परारतिर नातिले कर गर्दा मुखैले शुभकामना मात्रै दिइयो,' उनले यसपालिको योजना सुनाउँदै भने, 'यसपालि जीवनको पहिलो उपहार दिँदैछु। हाम्रो पालामा यसरी उपहार दिने भन्ने थिएन।' बिहे गरेको ४४ वर्षमा यसकारण यो वर्ष विशेष हुँदैछ। भन्छन्, 'अस्ति मैले पनि मोबाइलबाट फोन गर्न जानिसकेँ भन्दै थिई, नातिले सिकायो होला। किन्दे भन्न सकेकी छैन, त्यही चीज उपहार पाए त भुइँमा खुट्टै हुन्न होला उसको।' सोधियो भ्यालेन्टाइन्स डे के हो? उनको सटिक जवाफ आयो, 'त्यै मन पर्यान मान्छेलाई धेरै माया गर्ने र उपहार दिने दिन।'
भ्यालेन्टाइन्स डेको प्रभाव युवामा मात्रै कायम रहेन भन्ने मुरारीको योजनाले दर्शाउँछ। पाको पुस्ताले पनि यो संस्कृति क्रमशः अँगालिरहेको छ। गिफ्ट पसल छिर्न केही संकोच मान्दै जीवनसाथीलाई उपहार किनिरहेका छन् प्रौढहरू । 'भ्यालेन्टाइन विक' अन्तर्गत फेब्रुअरी ९ अर्थात् चकलेट डेमा भ्यालेन्टाइन गिफ्ट बेचिरहेका नघलका ६८ वर्षका प्रयागमान राजभण्डारीलाई सुरुमै प्रश्न गरियो, 'यो शहरलाई प्रेम पर्व लागिसक्या हो?' उनले रोज डे अर्थात् फेब्रअरी ७ देखि नै भ्यालेन्टाइन विक लागिसकेको बताए। भ्यालेन्टाइन्स डेलाई 'माया प्रकट गर्ने चाड'का रूपमा बुझेका छन् उनले पनि। पाका मान्छे गिफ्ट किन्न कत्तिको आउँछन् भन्ने हाम्रो जिज्ञासामा उनले पहिल्यै अर्डर आइसकेको बताए। भन्छन्, 'त्यही दिनको आसपासमा किन्न अप्ठ्यारो मान्छन् हामीजस्ता पाकाहरू। त्यसैले चाहिएको कुरा पहिल्यै मगाएर लगिसके।'
ऊर्जावान् उमेरमा माया भए पनि नदेखाएका आफ्ना बुढाले बुढ्यौलीमा अँगालो मारेर शुभकामना दिँदा ६२ वर्षीया सूर्या घलान तीनछक परिन् पोहोर। क्षेत्रपाटी चोकमा घाम तापिरहेकी सूर्यालाई प्रेम दिवसबारे जिज्ञासा राख्दा उनी खित्का छोडेर हाँसिन्। त्यो दिन मात्रै होइन, पोहोर सालको कुरा सम्भि्कँदा उनी सधैँ हाँस्छिन्। कारण बताइन्, 'ह्याप्पी भ्यालेन्टिम कि के भनेर नयाँ पछ्यौरा ओढाउँदै बुढालो गम्लङ्ग अँगालो मारे पोहोर। मलाई त लाज लागेर के गरौँ, के गरौँ भो।'
ज्येष्ठ नागरिकहरूले यो दिनलाई माया साट्ने दिवस ठानेका छन्। त्यसैले उनीहरूले नाति/नातिनाको सिको गरेका हुन्। मुरारी उल्टो प्रश्न गर्छन्, 'मायापिरिम त भइरहनुपर्छ होइन र?' प्रणय दिवसलाई क्रमशः सबैले प्रेम गर्दैछन्। यसको महŒव आफ्नै तरिकाले बढिरहेको पनि छ। तन्नेरी किन नजोसिऊन्? भक्तपुरका तरुण यम्जा माग गर्छन्, 'भ्यालेन्टाइन्स डेलाई दशैँ जसरी मनाउन पाउनुपर्छ।' उनको तर्क छ, 'लभकै अभावमा भ्वाइलेन्स भइ'रा होइन त ब्रो? '
धेरै कन्डम बिक्ने दिन
सेक्सलाई सामान्य ठान्छ अहिलेको पुस्ता। भ्यालेन्टाइन्स डेमा तनमनले एक हुने अपेक्षा राख्ने युवायुवतीको संख्या बढ्दो छ। यही अवसरमा भेटघाट गरेर आत्मीयता पोख्दा हुने सम्भावित रोमान्सका लागि पूर्वतयारी जरुरी हुन्छ नै। अरू दिन विविध कारणले भेट्न असमर्थ जोडीहरू पनि यो दिनका लागि पहिल्यैदेखि तारतम्य मिलाउँछन्। यसकारण यो दिन वर्षभरिमै सबैभन्दा धेरै कन्डम बिक्छ। नेपाल कन्डम हाउसका सञ्चालक युवराज न्यौपाने भन्छन्, 'सबैभन्दा धेरै कन्डम बिक्ने दिन भ्यालेन्टाइन्स डे नै हो। महँगो र लक्जरियस कन्डमको माग यो दिन अझ उच्च हुन्छ।'
तन्नेरीमा 'भ्यालेन्टाइन सेन्स' विकृत बनेको बुझाइ छ, प्राध्यापक सरलकुमार घिमिरेको। भन्छन्, 'सकारात्मक रूपमा हेर्ने हो भने यसले प्रेम व्यक्त गर्न प्रेरित गराउँछ। तर, आत्माले भन्दा धेरै शरीरले माया पाउनुपर्छ अहिलेको पुस्तालाई। देखावटी भयो सबै कुरा। पूरै भर्चुअल पनि।' प्राध्यापक घिमिरेकै तर्कमा समर्थन जनाउने युवा हुन्, आरिफ अहमद। शारीरिक लोभलालच भएको सम्बन्धलाई प्रेम भन्नु हुँदैन भन्छन् उनी। 'त्यस्तालाई भ्यालेन्टाइनका रूपमा लिने र डे सेलब्रेट गर्ने हो भने मैले त डेली भ्यालेन्टाइन्स डे मनाउनुपर्ने हुन्छ,' उनी भन्छन्, 'आत्मा मिल्ने व्यक्ति नभेटेकै कारण म २९ वर्षसम्म भ्यालेन्टाइनविहीन छु।'
किस डेमा, फ्री किस
भ्यालेन्टाइन्स डे आउनुअघि अनेक डे छन्। किस डेको दिन ठमेलको प्रणय ज्वरो बुझ्न पुग्दा त्यहाँको एक मसाज सेन्टरले 'निःशुल्क किस अफर' ल्याएको हल्ला सडकसम्म पुगेको थियो। उक्त स्पा एन्ड मसाज सेन्टर पुग्दा एक युवतीले निर्धक्क भनिन्, 'आउनुस्। फ्रीमा किस गरेर जानुस्।' उनले गालातिर संकेत गर्दै ओठ चोसो बनाउँदै आकर्षित गर्न समेत खोजिन्।
बिहेको शुभ लगन
दशैँको टीकाको दिन र विवाह पञ्चमीलाई लगन नहेराए पनि विवाहका लागि शुभ मानिन्छ। भ्यालेन्टाइन्स डेलाई अहिलेको युवा पुस्ताले 'लगन हेराउनु नपर्ने' दिनका रूपमा लिन थालेको छ। यही दिन चार वर्ष लामो प्रेम सम्बन्धलाई दाम्पत्यमा परिणत गर्दैछन्, तनहुँकी पुनम पाण्डे र चितवनका किसन शाह। अर्काे संयोग पनि छ, भ्यालेन्टाइन्स डेकै दिन उनीहरूको सम्बन्ध जोडिएको हो। 'पादरी भ्यालेन्टाइनको अदृश्य भूमिका महत्वपूर्ण ठान्छु हाम्रो सम्बन्धमा,' किसनले भने, 'त्यसैले त भ्यालेन्टाइनमै सुरु भएको प्रेमबाट जोडिएका हामी भ्यालेन्टाइनमै बिहे गर्ने योजना बनाएका छौँ।' उनले यो दिन माया गर्नेहरूकै लागि भएर विवाहका लागि लगन हेराउन नपर्ने धारणा राखे। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अध्ययनरत जोडी दिलु पनेरु र कमल रेग्मीले पनि सोही दिन बिहे गर्दैछन्।
अफर स्पर्धा
चाडलाई लक्ष्य गरेर व्यवसाय प्रवर्द्धन गर्ने गर्छन् व्यवसायीहरू। गिफ्ट र फूलपसल मात्रै होइनन्, रेस्टुरेन्टदेखि कपडापसलसम्ममा छुटको अफर स्पर्धा चलिरहेको छ। शहरलाई चाँडै भ्यालेन्टाइनमय बनाउन अफरले पनि सघाएको भान हुन्छ। धेरैले डेकोरेसन नै प्रेम दिवसको थिममा गरेको देखिन्छ।
सिभिल मलको हिमप्लाजामा टाइमेक्स ब्रान्डको घडीमा 'भ्यालेन्टाइन अफर' छ। जहाँ एउटा मात्र किन्नेले १५ प्रतिशत र जोडी घडी किन्नेले २० प्रतिशत छुट पाउने सेल्स एक्जिक्युटिभ पुनम देउलाले बताइन्। उनका अनुसार भ्यालेन्टाइन अफर सदुपयोग गर्दै तीन हजारदेखि ७० हजारसम्मको घडी बाँध्न सक्ने जोडीहरू यहाँ आउँछन्। उता, सामसुङ प्लाजामा भने ११ प्रतिशत भ्यालेन्टाइन छुट छ।
ब्रान्डेड गिफ्ट किन्नेहरूको भीड लाग्ने आर्चिज ग्यालरीमा १० प्रतिशत छुटसहित भ्यालेन्टाइन उपहारको बिक्री चर्केको छ। भ्यालेन्टाइनमा ५० रुपैयाँको 'लभ कार्ड्स' देखि सात हजारसम्म मूल्यका 'टेडी बियर' बिक्ने आर्चिजका साजन गौतमले बताए। उनका अनुसार बजारमा सबैभन्दा धेरै बिक्री हुने उपहारमा टेडी बियर, रोज, हार्ट सेपेड कुसन, कपल सोपिस, कपल मग, लभ कार्ड, क्रिस्टल सो पिस, वाटर बल, प्लेफुल पपेटलगायत रहेका छन्।
पिपुल्स प्लाजाकी मायाको चिनो बिक्रेता उर्मिला भुजेलले आफ्नो व्यापार घटेको बताइन्। 'अचेल जल्ले पनि नेचुरल फूल किन्न खोज्छन्। यस्ता प्लास्टिकका फूलमा कमैका आँखा पर्छन्,' उनले प्रेमीहरूको प्राकृतिक फूलप्रेमले आफ्नो व्यापार घटेको बताइन्।
Shukrabar Cover Story-5ग्रह काट्ने उपहार
न्युरोडको संकटा मन्दिरछेउमा हात हेर्न बसेका ज्योतिषलाई धातुको औँठी फुकाउँदै गर्दा भेटिइन्, पर्वतकी सञ्जिना खराल। 'शुभ हुन्छ भनेर धातुको औँठी गिफ्ट दिँदैछु,' उनले भनिन्, 'रिलेसन लङ हुन्छ भन्ने विश्वास भएर ज्योतिषसँग फुकाउँदैछु।' शुभ कार्यमा औँठी उपहार दिने चलन पुरानै हो। यही चलनले प्रणय पर्वलाई पनि छोएको गहनापसले प्रभात तामाङको भनाइ छ। 'भ्यालेन्टाइन स्पेसल भनेर दर्जन औँठी बिक्री भइसके,' उनले भने, 'मोडर्न केटाकेटीलाई मन पर्ने खालको आकर्षक औँठी धेरै बिकेको छ।'
केटाहरूले भने केटीहरूलाई भित्री लुगा पनि उपहार दिने गरेको भेटियो। अरू दिन उपहार दिँदा गलत अर्थ लाग्ने भएकाले यो दिन चाहिँ युवाहरू खुल्न पाउँछन् र त्यस्ता गिफ्ट दिन्छन्। नेपाल कन्डम हाउसले 'रोज बिकिनी' नामको भ्यालेन्टाइन गिफ्ट तयार पारेको छ, गुलाबको फूलभित्र बिकिनी। युवाहरूले साढे छ सय रुपैयाँ हालेर यो गिफ्ट किनिरहेका थिए। नाम बताउन आनाकानी गर्ने एक युवाले भने, 'यसपालि केही फरक महसुस गरोस् भनेर भित्री वस्त्र गिफ्ट दिन खोजेको हुँ।'
महँगा गिफ्ट
प्रणय दिवसमा महँगा गिफ्ट किन्नेहरू पनि छन्। सुन, चाँदी, हिरा, मोतीका गहना किनेर गिफ्ट दिन्छन् उनीहरू। असनको मनकामना ज्वेलरीमा महँगा गहनाको गिफ्ट अर्डर दिने प्रेमीप्रेमिका धेरै छन्। मनकामनाकी अनीता श्रेष्ठ भन्छिन्, 'सम्झना पनि हुने, समस्या पर्दा काम पनि लाग्ने भएर गहनाको गिफ्ट दिन चाहनेहरू बढ्दैछन्।' लाखौँ मूल्य पर्ने बहुमूल्य पत्थरजडित औँठी साट्नेहरू पनि देखेका छन्, ठमेलका क्राफ्ट व्यवसायी नैनसिंह राजले।
'उपभोग्य सामानको उपहार साट्ने जोडी पनि धेरै छन्,' नयाँबजारका फेन्सी व्यवसायी सैलज न्यौपाने भन्छन्, 'गिफ्ट थन्क्याएर ठाउँ साँघुरो बनाउनुभन्दा प्रयोगमा आउने सामान दिनु राम्रो हो। यस्तो सोच भएका जोडीहरू बढ्दैछन्।' उनका अनुसार उपभोक्ताले फेन्सी सामान किनेर रातो कागजले प्याक गरी लभ साइन भएको रिबनले बेरेर गिफ्ट लैजान्छन्।
फूल व्यापारमा अनलाइन प्रभाव
मायाको प्रतीक मानिने रातो गुलाब भ्यालेन्टाइन्स डेमा धेरै किनिने फूल हो। नेपाल तथा भारतका विभिन्न शहरबाट राजधानी भित्रिएका गुलाब बिक्री हुन थालिसक्यो, रोज डेदेखि नै। 'गुलाबपछि धेरै बिक्ने ग्रिटिङ कार्ड र गिफ्ट हो,' त्रिपुरेश्वरको एभरग्रिन गिफ्ट पसलका सरोज श्रेष्ठले भने, 'भ्यालेन्टाइन्स डेको व्यापार भनेकै गुलाब हो। सिंगल फूल धेरैले किन्छन्।' अनलाइनको भर्चुअल गिफ्ट साट्ने ट्रेन्डले आफूहरूको व्यापारमा ह्रास आएको अनुभव छ उनको। उनी भन्छन्, 'विभिन्न माध्यमबाट पठाएको गुलाब एसेप्ट भए मात्रै हामीकहाँ गुलाब किन्न आउँछन् अचेल। पहिला त ट्राई मार्न पनि किन्थे।'
अनलाइनमै डेटिङ
लन्डनमा रहेका इन्जिनियर सज्जन श्रेष्ठसँग नेपालमा रहेकी प्रेमिका सरीता लिम्बूले अनलाइनमै भ्यालेन्टाइन डेट दिँदैछिन्। उनीहरूले अनलाइनकै माध्यमबाट गिफ्ट पनि साट्दैछन्। 'अनलाइनबाटै भ्यालेन्टाइन्स डे मनाउन लागेको तीन वर्ष भयो,' सरीताले भनिन्, 'अनलाइनले टाढा भएको फिल छैन। बानी परिसक्यो।'
अनलाइन सपिङ पोर्टल मुन्चा डट कमले भ्यालेन्टाइन गिफ्ट संसारका जुनसुकै कुनामा पुर्यारउने योजना ल्याएको छ। 'टाढा रहेको जोडीका लागि भ्यालेन्टाइन दिवस खल्लो नहोस् भनेर जुनसुकै खाले गिफ्ट घरमै पुर्याेउने योजना ल्याएका हौँ,' मुन्चाका अनलाइन मेनेजर निरञ्जन श्रेष्ठले भने।
'यो हेल्दी डेभलपमेन्ट हो'
बिहारीकृष्ण श्रेष्ठ, मानवशास्त्री
पछिल्लो पटक मौलाउँदो भ्यालेन्टाइन ट्रेन्डलाई मैले सकारात्मक रूपमा लिएको छु। यो एउटा हेल्दी डेभलपमेन्ट हो। परम्परावादी बाटो त्याग्दै जाँदा समाजमा यस्ता धेरै नौला कुरा देख्न–भोग्न पाइन्छ। महिला–पुरुषको दूरी घटेको छ। पहिलाजस्तो पुरुषको शरणमा महिला पर्नुपर्ने बाध्यता टदर्ैै गएको छ। यस्ता कुराले सम्बन्धलाई अझ प्रगाढ बनाउन सघाउँछन्। अहिले केटाकेटी दुवै साथी बनेर सबै कुरा सेयर गर्न सक्छन्। रिलेसनसिप धेरै अगाडि पुगिसक्यो।
भूमण्डलीकरणको प्रभावले यस्ता धेरै राम्रा कुरा हाम्रो समाजमा प्रवेश गर्दैछन्। भ्यालेन्टाइन्स डेको प्रभावलाई कसैले रोकेर रोक्न सक्दैन। यस्ता कुराले मौलिक संस्कार, संस्कृतिमा कुनै नकारात्मक प्रभाव पनि पार्ने होइन। यो त विकास हो। बरु यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ।
यसका लागि दुई संस्थाको भूमिका मुख्य हुन्छ। परिवार र स्कुल। आफ्ना छोराछोरीलाई भ्यालेन्टाइन्स डेजस्ता कुराले नराम्रो असर नगरोस् भन्नेतर्फ सचेत हुनुपर्छ। यसका नराम्रा पाटा केलाइदिएर उचित 'काउन्सिलिङ' गर्नुपर्छ। शारीरिक लोभलालचरहित स्वच्छ मनले माया गर्ने व्यक्ति बनाउन सक्नुपर्छ, साथी बनेर। अभिभावक वा ठूलो मान्छे बनेर होइन। अनि स्कुलमा पनि यसका राम्रा र नराम्रा पक्ष केलाउँदै धक नमानी सम्झाउने/बुझाउने गर्नुपर्छ। हरेक कुराका राम्रा र नराम्रा दुवै पक्ष हुन्छन्। मैले यो भ्यालेन्टाइन्स डे सुन्न लागेको १२–१५ वर्ष भयो। मनाइरहेको पनि देखिरहेकै छु। यस उल्लासका राम्रा पक्ष धेरै छन्।

###
0 comments
Write Down Your Responses