सुधारिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (भिडियोसहित) -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, फाल्गुन २ । कमजोर भौतिक पूर्वाधारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुहरुप्रति गरिने व्यवहारका कारण निकै गुनासो खेपिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका कार्यहरु अघि बढाइएको छ ।

विमानस्थलको क्षमता बृद्धिका लागि भौतिक निर्माणको काम थालिएको छ भने अध्यागमन, प्रस्थान, आगमनलगायतका इकाइहरुलाई पनि आधुनिकीकरण गरी अन्तर्राष्ट्रिय मापदन्डमा पुर्‍याउने प्रयत्न गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार पत्रकार सम्मेलन गरी विमानस्थल सुधारमा भइरहेका कामहरुबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा विमानस्थलमा विभिन्न भौतिक, नयाँ राडार जडानलगायतका काम अघि बढाइको जानकारी दिइयो । विमानस्थलका कायममुकायम महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले आगामी ३ देखि ८ महिना भित्रमा यात्रुले विमानस्थलमा सुधारको अनुभुति गर्ने दाबी गरे ।

विमानस्थलमा सुधारका कार्यहरु अघि बढिरहेको भएपनि वर्तमान स्थितिमा सन् २०२१ पछि यो विमानस्थलले यात्रुको चाप धान्न नसक्ने पनि उनले बताए ।

उनले गौतमबुद्ध क्षेत्रीय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल यथाशक्य छिटो सन्चालनमा ल्याउनु जरुरी भएको पनि बताए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z