स्वीस बैंकमा हिरोइनको कालोधन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जेन्सी : कालो धन लुकाउने मामिलामा नेता र व्यापारीसँगै कलाकार पनि अगाडि देखिएका छन् । यस्तै एउटा खबर बाहिर आएको छ । स्वीस बैंकमा कालो धन लुकाउने व्यक्तिहरुको सूचीमा भारतकी चर्चित अभिनेत्री महमहि‍मा चौधरीको नाम पनि जोडिएको छ ।

सुत्रलार्इ हवाला दिँदै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले उल्लेख गरेअनुसार स्वीटजरल्यान्डस्थित एचएसबीसी बैंकको खातामा कालोधन राख्नेहरुको सूचीमा महिमाको समेत नाम भेट्टिएको हो ।

महिमाले कालोधन लुकाएको समाचार बाहिर आएपनि उनको खातामा कति रकम रहेको छ भन्ने तथ्य भने बाहिर आउन सकेको छैन । महिमाले आफ्नो असली नाम रितु चौधरीको नामबाट स्वीस बैंकमा खाता खोलेर कालोधन जम्मा गरेको समाचारमा जनाइएको छ ।

उनले लुकाएको रकमबारे नखुलाइएपनि  खातामा उल्लेखित उनको व्यक्तिगत विववरणमा मोडल तथा कलाकार उल्लेख गरिएको छ ।

तर स्वयम् महिमाले भने सो खबर झुठो भएको बताउँदै आफूले स्वीस बैंकमा खाता खोलेर कुनै रकम जम्मा  नगरेको स्पष्टीकरण दिएकी छन् । यो खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा महिमा हाँसिमजाककी पात्र बनेकी छन् ।  
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z