सिमरामा आन्दोलन उग्र, आन्दोलनकारी र प्रहरीबीच झडप, रेडियोमा तोडफोड (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अपडेटः
बारा, फाल्गुन ११ । बाराको सिमरामा मालपोत र नापी कार्यालयको सेवा उपलब्ध गराउने सरकारी निर्णय उल्टिएको विरोधमा भइरहेको आन्दोलनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

स्थानीय प्रशासनले सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी बाराको धन्सार खोला पुलदेखि पथलैया हुँदै उत्तरी सीमाको चुरेमाइसम्मको २ सय मिटर दाँया–बाँया र त्रिभुवन राजपथको पथलैयादेखि परवानीपुर सडकखन्डको दाँया–बाँया २ सय मिटर क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।

आन्दोलन झनै चर्किएपछि निषेधित क्षेत्र घोषणा गर्न बाध्य भएको प्रशासनले जनाएको छ ।

आक्रोशित प्रदर्शनकारी निषेधित क्षेत्र तोड्ने प्रयत्न गर्दै प्रहरीसँग झडपमा उत्रेका छन् । प्रहरीले भने अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ । आन्दोलनकारी घुसेको भन्दै प्रहरीले सिमरास्थित रेडियो नागरिकमा तोडफोड गरेको आरोप छ ।

दलको अगुवाइमा भएको आन्दोलनमा व्यवसायी, नागरिक समाजका अगुवा र संघ–संस्थाले पनि साथ दिएका छन् ।

सिमरा आसपासका १२ गाविसका जनतालाई सेवा सहज बनाउन मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय सरकारले खारेज गरेपछि विरोध चर्किएको हो ।

यसअघि सेवा केन्द्र सिमरामा बिस्तार गर्ने निर्णयविरुद्ध कलैयावासीले आन्दोलन गरेका थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z