थाई एयरको जहाजमा चरा छिर्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र ८ - काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा अवतरणकाक्रममा आइतबार थाई एयरवेजको बोइङ ७७७ जहाजमा चरा छिरेको छ । तर कुनै क्षति भएन ।
दिउँसो १२:३७ बजे अवतरणका क्रममा दायाँ इञ्जिनबाट चरा छिरेपछि विमानस्थलमै इञ्जिनियरहरुले चेकजाँच गरिरहेका छन् । चेकजाँच नसकिएकाले दिउँसो १:५ मा उड्नुपर्ने जहाज अझै विमानस्थलमै थन्किएको छ ।
थाई इञ्जिनियरहरुले चेकजाँचपछि नागरिक उड्यन प्राधिकरणका इञ्जिनियरहरुले चेकजाँच गर्नेछन् । सबै ठीक पाइएमात्रै प्राधिकरणले उडान अनुमति दिनेछ ।
बैंककबाट आएको टीजी ३२० फ्लाइटको उक्त जहाज काठमाडौं आउने ठूला जहाजमध्येको एक हो ।
जहाजलाई अहिले २ नम्बर एप्रोन (पार्किङ)मा राखिएको छ । उडान भर्ने यात्रुलाई बोर्डिङ दिइएको छैन । विमानस्थल स्रोतका अनुसार आइतबार जहाज उड्ने/नउड्ने टुंगो छैन ।

###
0 comments
Write Down Your Responses