चिरञ्जीवी नेपाल नयाँ गर्भनर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, चैत्र ५ - चिरञ्जीवी नेपाललाई सरकारले गर्भनर पदमा नियुक्त गरेको छ । उक्त पदका लागि सिफारिसमा परेका तीन जनामध्येबाट नेपाललाई छानिएको हो । बिहीबार बसेकाे मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गरेको जानकारी उद्योग मन्त्री महेश बस्नेतले दिए ।
५ वर्षे अवधिको गर्भनर पदमा बस्ने नेपाल १६ औं व्यक्ति हुन् । बनारस हिन्दु विश्वविद्यालयबाट श्रममा विद्यावारिधि गरेका नेपाल गर्भनर हुनु अघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए । उनले परराष्ट्र र अर्थ मन्त्रालयमा पनि सल्लाहकारका रुपमा काम गरेका छन् । पाल्पामा जन्मिएका नेपालले नीजि क्षेत्रका प्रतिनिधिमूलक संस्थामा पनि सल्लाहकारका रुपमा काम गरेका छन् । धितोपत्र बोर्डका अध्यक्ष भैसकेका नेपालले सेयर बजार सुधारका लागि समेत पहल थालेका थिए ।

###
0 comments
Write Down Your Responses