'न घर फर्किन सक्छौं न काठमाडौं बस्न’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कोरिया कामदारमा पनि ठगी
काठमाडौ, चैत्र १० - 'घर कुन मुख लिएर फर्किने,' पाल्पाका खिमबहादुर पछाई अन्योलमा छन्, 'नफर्केर जाने पनि कहाँ जाने ?' उनीसहित ३७ युवा यतिबेला यीनै प्रश्नको उत्तर खोज्दै निराश बनेर राजधानीमा भौंतारिइरहेका छन् ।
उनीहरू वैदेशिक रोजगार विभाग गए । श्रम राज्यमन्त्री टेकबहादर गुरुङलाई भेटे । प्रहरीमा उजुरी गरे तर न्याय पाएनन् । 'हाम्रा कारणले हामी ठगिएका होइनौं,' पछाईको दुःखेसो छ, 'वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएकालाई अविश्वास गर्न सकिन्छ र ? त्यही विश्वासमा पर्दा हामी ठगियौं । हामीलाई ठग्ने सरकार हो ।'
वैदेशिक रोजगारीमा जान काठमाडौं आएका पछाई आकर्षको कामको खोजीमा नयाँ बानेश्वरस्थित युनाइटेड एचआर कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर पुगेका थिए । त्यहाँ उनलाई दक्षिण कोरियामा पानी जहाजमा काम लगाईदिने भन्दै ८ लाख रुपैयाँ मागिएको थियो । भाषा परीक्षण उत्तीर्ण गरेपछि मात्र कोरियामा काम गर्न योग्य हुने भन्दै आशंका व्यक्त गरेपछि उनलाई 'श्रम स्वीकृति पाएपछि पैसा तिर्नुहोस्' भनिएको थियो । उनलाई मात्र होइन उनीसहित ३७ युवालाई युनाइटेड कन्सल्टेन्सीका
सञ्चालक अप्सरा श्रेष्ठ, प्रकाश तिवारी, दानबहादुर पुन र शारदाकुमार मगरले त्यसै भनेका थिए ।
उनीहरूलाई विश्वास दिलाउन जहाजमा काम गर्दा बोक्नुपर्ने परिचयपत्रसमेत बनाइएको थियो । भनेअनुसार नै वैदेशिक रोजगार विभागले कोरियाका काम गर्न श्रम स्वीकृति जारी गर्यो । 'विश्वास लागेन,' अर्का पीडित शिवकुमार बस्नेतले भने, '४००१ मा एसएमएस गरियो । उताबाट श्रम स्वीकृति भएको जवाफी म्यासेज आयो । त्यसपछि नपत्याई सुखै भएन । जनही ८ लाख रुपैयाँ बुझायौं ।'
लुमन्ती ओरियन्टेसन भन्ने संस्थामा अभिमुखीकरण प्रशिक्षण लिँदा श्रम स्वीकृति आएको निश्चत भएपछि मात्र पैसा बुझाउनु भनेर उनीहरूलाई सिकाइएको थियो । दलालबाट कामदार नठगिऊन् भनेर श्रम स्वीकृति पाएको निश्चित गर्न विभागले एसएमएसबाट सूचना दिने व्यवस्था गरेको हो । अहिले पनि पीडित ३७ जनाकै राहदानी नम्बर ४००१ मा एमएमएस गर्यो भने श्रम स्वीकृति जारी भएको जवाफ आउँछ ।
कन्सल्टेन्सी सञ्चालकलाई जनही ८ लाखका दरले करिब २ करोड ९० लाख रुपैयाँ -केही व्यक्तिलाई १ लाख रुपैयाँसम्मको डिस्काउन्टसहित) बुझाएर गत फागुन १४ मा कोरिया उड्न उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे । तर उनीहरूको हवाई टिकट क्यान्सिल भइसकेको थियो । त्यसबाहेक उनीहरूसँग अध्यागमनले मागको रोजगारी दिने कम्पनीबाट 'नोटिस टु बोर्ड' र 'लेटर अफ ग्यारेन्टी' पनि थिएन ।
कन्सल्टेन्सी सञ्चालकले उनीहरूलाई त्यसको ३ दिनपछि उडाउने आश्वासन दियो । तर उडाएन । त्यसयता उनीहरू न्यायका लागि भौंतारिरहेका छन् । 'राम्रो काम भएकाले घरबारी बन्दकी राखेर मासिक सयकडा ५ ब्याजमा ऋण खोजियो,' पछाई भन्छन्, 'अर्को महिनादेखि ब्याज नपाए साहुले घरबारी लिलाम गर्छु भनेको छ ।'
ठगिएको उजुरीपछि प्रहरीले कन्सल्टेन्सीका एकजना सञ्चालक अप्सरा श्रेष्ठलाई पक्राउ गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका अधिकृतसहित ८ जना कर्मचारी निलम्बन गरी छानबिन गरिरहेको छ । 'व्यक्तिगत श्रम स्वीकृति कन्सल्टेन्सी आफैँले लिइदियो,' सानुबाबु सापकोटा भन्छन्, 'व्यक्तिगत श्रम स्वीकृतिमा जाने व्यक्ति आफैं उपस्थित हुनुपर्ने रहेछ । त्यति बुझेको भए पनि हामी फस्ने थिएनौं ।'
पीडितहरूले काठमाडौंमा होटलमा उधारोमा, आफन्तकामा र चिनेजानेका मानिसको घरमा बसिरहेको बताए । 'मर्नु न बाँच्नु भएका छौं,' उनीहरूको सामूहिक भनाइ छ, 'ठगबाट पैसा फिर्ता पाइएन भने सरकारले क्षतिपूर्ति दिनुपर्छ । होइन भने हामी जे पनि गर्न तयार छौं ।'
वैदेशिक रोजगार विभागले त्यस विषयमा छानबिन जारी रहेको बताएको छ । 'छानबिनको काम भइरहेको छ,' विभागका प्रवक्ता बद्री कार्कीले भने, 'त्यसको नतिजा आइसकेको छैन ।' उनले छानबिनको नतिजा आएपछि मात्र पीडितका सम्बन्धमा के हुने भन्ने बताउन सक्ने जानकारी दिए ।

###
0 comments
Write Down Your Responses