ताप्लेजुङमा भएको आगलागीबाट ९० परिवार विस्थापित, पूर्वराजा चिन्तित(भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
ताप्लेजुङ, चैत्र १० । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा हिजो साँझ भीषण आगलागी हुँदा चार दर्जनभन्दा बढी घर जलेर नस्ट भएका छन् ।
आगलागीबाट ९० परिवार विस्थापित बनेका छन् । तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधा दर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका छन् ।
फुङलिङ बजार स्थित पूर्वेली होटलबाट सुरु भएको आगो क्षण भरमै वरपरको घरमा फैलिएको थियो ।
आगो फैलन नदिन स्थानीयले नरेन्द्र गुरुङको घर भत्काए पनि घर भत्काउन नभ्याउंदै दायाँबायाँका घरमा आगो सल्किएको थियो ।
तोक्मे डाँडाको बजार लाग्ने क्षेत्रदेखि आसपासका ३५ घर–पसल नष्ट भएका हुन् ।
तीव्र वेगमा हावा चलेको र पर्याप्त पानी नभएकाले आगो नियन्त्रणमा समस्या भएको थियो । राति करिव साढे ९ बजे मात्र आगो नियन्त्रणमा आएको थियो ।
जिल्लामा दमकल नभएकाले आगो नियन्त्रणमा लिन एक्स्काभेटर र डोजर लगाएर घरटहरा भत्काइएको थियो । आगोले घर खरानी भएपछि स्थानीयबासीको बिल्लीबाठ भएको छ ।

उता, पूर्व राजा ज्ञानेन्द्र शाहले ताप्लेजुङमा भएको आगलागीबाट घर र धनमालको क्षति भएको प्रति दुखः व्यक्त गरेका छन् ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z