दक्षिण कोरियाले ४९ करोडको प्राविधिक सहयोग गर्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ: दक्षिण कोरिया सरकारले मुगुमा मातृ तथा शिशु स्वास्थ्य स्याहार कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ४९ करोड रुपैयाँ प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।
उक्त सहयोग सम्बन्धी समझादारी पत्रमा आज अर्थ मन्त्रालयमा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि कोरियाली राजदूत चो योङ जिनले हस्ताक्षर गरे ।
गुणस्तरीय मातृ स्वास्थ्य सेवा, सुसारेको क्षमता अभिवृद्धि, अभिभावक परिवार समुदायलाई सरसफाइ एवं बाल तथा मातृ स्वास्थ्यबारे सुसूचित गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताइएको छ ।
प्राविधिक सहायताअन्तर्गत प्राप्त रकम मुगु जिल्लामा स्वास्थ्य रणनीति विकास, जिल्ला अस्पताल निर्माण, कार्यक्रम कार्यान्वयनका निम्ति आवश्यक उपकरण तथा सामग्री खरिदमा उपयोग गरिनेछ ।
उक्त कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले पारस्परिक समन्वयमा कार्यान्वयन गर्नेछन् ।

###
0 comments
Write Down Your Responses