सात वर्षदेखि कुवेतको जेलमा रहेकी नेपाली चेलीद्वारा उद्धारको आग्रह (चिठ्ठी सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत १० – सात वर्षदेखि कुवेतको सोलोभिया जेलमा रहेकी खोटाङको जालपा–७ की फूलसरी राईले उद्धार गरिदिन आग्रह गर्नुभएको छ । परिवारलाई चिठ्ठी पठाउँदै उहाँले आफूलाई चाँडो उद्धार गर्न आग्रह गर्नुभएको हो ।
लागु औषध बोकेको अभियोगमा फूलसरीलाई कुवेत प्रहरीले सात वर्षअघि पक्राउ गरेको थियो । लागुऔषध ओसारपसारको आरोपमा फूलसरीलाई त्यहाँको अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । तर उहाँले भने आफू निर्दोष रहेको चिठ्ठीमा उल्लेख गर्नुभएको छ ।
आफू चढेको ट्याक्सीमा लागुपदार्थ भएको थाहा नभएको र पक्राउ परेपछि चालक फरार भएकाले आफू फसेको पनि उहाँले चिठ्ठीमा लेख्नुभएको छ । फुलसरी कुन म्यानपावर कम्पनीबाट कुवेत गएको भन्ने थाहा नभएको उहाँका बुबा पर्जबहादुर राईले बताउनुभयो ।
फूलसरीले परिवारलाई पठाएको चिठ्ठी

###
0 comments
Write Down Your Responses